• होमपेज
  • खेलकुद
  • मनोमानि भाडादर कायम गर्न बैठक

मनोमानि भाडादर कायम गर्न बैठक

समाचार प्रभाव

  • आइतवार, कार्तिक १७, २०७६
मनोमानि भाडादर कायम गर्न बैठक

बडिमालिका समाचर
बाजुरा १७ कार्तिक ।  बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको कर्णाली करिडोरमा मानोमानी भाडा लिने गरेको भन्दै बडिमालिका खबरले कार्तिक १५ गते समाचार प्रकाशन गरेपछि भाडादर काएको गर्न बैठक बसेको छ ।
जगनाथ गाउपालिकाका कार्यबाहक अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष डम्बर शाहीको अध्यक्षमा बैठक बसी जिल्ला प्रशासन कार्यलयले कायम गरेको भाडा दर कायम गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले प्रति किलोमटिको भाडादर ११ रुपैया तोकेको थियो । तर कर्णाली करिडोरमा चल्ने कर्णाली प्राली, स्वामीकार्तिक प्राली, र जयमालिका यातायात प्रालिले मनोमानी भाडा असुल्ने गरेका थिए ।
नेपाली सेनाले निर्माण गरीरहेको बाजुरा खण्डमा स्थानियको सहजताको लागि जिपहरु चैत्र ७ गतेबाट सञ्चालनमा ल्याईएको थियो । बाजुराको सदरमुकाम मार्तडीबाट अलि टाढा रहेको यो ठाँउमा प्रहरी प्रशासनको ध्यान समेत नजाँदा मनोमानी रुपमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको स्थानिय बताएका छन ।
जिपहरुको सिट पास ५ र कसैको ९ जना हुन्छ, तर छत पछाडी र ढोकामा झण्डिएर बोक्ने गरेका छन् । ५ सिट पास भएको जिपले २० जना भन्दा बढि बोक्ने गरेका छन् । जिप चालकले भने यात्रुहरु नमान्ने भएकाले जर्वरजस्त हाल्ने गरेको वताँउछन् । बाजुरा खण्डमा रहेको कर्णाली करीडोर अधिकांश सड्कखण्ड भिर फोरेर निर्माण गरेको छ । अहिले पनि सेनाले काम गर्दै रहेको छ ।
उदघाटनको समयमा ६ वटा बाजुरा र ६ वटा कालिकोट जिबहरु सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो । तर अहिले सम्म उक्त सडकमा जथाभाबी र मनोमानी रुपमा यातायात सञ्चालन भएका छन ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्लासम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकी हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सडकको जिम्मा २०७१ चैतबाट शुरु गरेको थियो । अहिलेसम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् । बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सडक यातायातले हुम्ला छुने सेनाले रहेको छ । यातायातले नछुएको जिल्ला नेपालमा हुम्ला मात्र रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार