• होमपेज
  • समाज
  • सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

  • आइतवार, कार्तिक १७, २०७६
सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घटनाको थप विवरण आउन बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार