
कुटपिट गरेको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडका २० वर्षीय छोरा निखिललाई सुधार गृह पठाईएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गरेको आरोपमा पक्राउ परेका मेयर ओडका छोरालाई बुधबार टीकापुरको सुधार गृह पठाईएको जनाएको छ।
टीकापुरको कुन सुधार गृहमा पठाईयो भन्ने बारेमा प्रहरीले खुलाएको छैन्। मेयर वडाका छोराले उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षकै पारस जोशीलाई ईटा प्रहार गरी घाईते बनाएपछिथियो। घाईते जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको उनले बताए। जोशीको निधारमा चोट लागेको छ।
साभार दिनेश खबर
