
कञ्चनपुरमा माछा मार्ने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर १ भकुण्डाका ५२ वर्षीय छोरा धर्मबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी नीरिक्षक रणबहादुर चन्दले चौधरी आज बिहान माछा मार्ने क्रममा दोदा नदीमा डुबेर वेपत्ता भएको बताए। चौधरीको खोजी कार्य गर्दै जादा साँझ मात्रै शव भेटिएको उनले जानकारी दिएका छन्।
