• होमपेज
  • खेलकुद
  • अन्तर्राष्ट्रिय क्यासांगा च्यालेन्ज : इम्ली र सुमनलाई उपाधि

अन्तर्राष्ट्रिय क्यासांगा च्यालेन्ज : इम्ली र सुमनलाई उपाधि

  • सोमवार, कार्तिक ११, २०७६
अन्तर्राष्ट्रिय क्यासांगा च्यालेन्ज : इम्ली र सुमनलाई उपाधि

पोखरा : पोखरामा भएको अन्तर्राष्ट्रिय क्यासांगा च्यालेन्ज प्रतियोगितामा महिलातर्फ अमेरिकाकी इम्ली लिटल र पुरुषमा नेपालका सुमन तामाङले पहिलो स्थान हात पारेका छन्। पोखराको अपर सेती नदीमा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा प्रतियोगिता भएको हो।

नेपालमै पहिलो पटक भएको साइक्लिङ ७.५ किलोमिटर, दौड ६ किलोमिटर र सेती नदीमा कायकिङ ६ किलोमिटर गरी १९.५ किलोमिटरको प्रतिस्पर्धामा इम्लीले एक घण्टा ३३ मिनेटमा निर्धारित दूरी पूरा गरिन्। सुमनले एक घण्टा २५ मिनेटमा उक्त दूरी पूरा गरे।

महिलाको स्पर्धामा अस्टे«लियाकी लिज हेथले निर्धारित दूरी एक घण्टा ४४ मिनेटमा पूरा गर्दै दोस्रो भइन् भने नेपालकी सुधा राईले एक घण्टा ५४ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हात पारिन्।

फुल च्यालेन्जको पुरुष प्रतिस्पर्धामा नेपालका प्रशान्त राई पहिलो भए। उनले एक घण्टा २५ मिनेट १५ सेकन्डमा दूरी पूरा गरेका थिए।

फुल च्यालेन्जमा साइक्लिङ, दौड र कायकिङ प्रतिस्पर्धामा महिला र पुरुष दुवैमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

हाफ च्यालेन्जअन्तर्गतको साइक्लिङ र रनिङ नेपालकी हुमी बुढामगरले ५१ मिनेट ३ सेकेन्डमा पूरा गर्दै पहिलो भइन्। दोस्रो भएकी इन्द्रकला नेम्बाङले ५२ मिनेट ३७ सेकेन्डमा पूरा गरेकी थिइन्। सोही विधाको पुरुषमा लक्ष्मण मल्ल पहिलो, हिमाल तामाङ दोस्रो र कमल ओली तेस्रो भए। उनीहरूले ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

अस्टे«लियाकी अन्तर्राष्ट्रिय कायकिङ खेलाडी क्यासन्ड्रको सम्झनामा नेपालमै पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो। गत वर्ष पोखराको हेम्जास्थित सेती नदीमा कायकिङ गर्ने क्रममा दुर्घटनामा परी उनको निधन भएको थियो।

प्रतियोगितामा नेपालसँगै अमेरिका, अस्टे«लिया, क्यानडाका खेलाडीको सहभागिता थियो।

गत वर्ष कायकिङ गर्ने क्रममा अस्ट्रेलियाका क्यासांगाको निधन भएपछि उनको परिवारले स्थापना गरेको कोषबाट यो प्रतियोगिता आयोजना गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार