बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाज
  • ६ महिनाको उज्यालो ‘त्यो’ दिन 

६ महिनाको उज्यालो ‘त्यो’ दिन 

  • आइतवार, कार्तिक ३, २०७६
६ महिनाको उज्यालो ‘त्यो’ दिन 
लामो समयदेखि प्रभावित दान्सागुमा रहेको बड्डीगाड लघु जलविद्युत परियोजना तस्वीर : सगिता तिमिल्सिना

 संगीता तिमिल्सेना
बाजुरा ४ कार्तिक : साउन महिनाको कुरा हो । झिसमिसे सा“झ पर्न थालेको थियो । बेलुकीपख जुनकिरी बास्न सुरु गरिसकेका थिए । एक्कासी बाहिर आगनमा खेलीरहेका केटाकेटीहरु कराए । बत्ती आयो, बत्ती आयो ।
केटाकेटीहरु कराएको आवाज कानमा नपुग्दै एक्कासी घर भित्रका अँध्यारा कुनामा झलमल्ल उज्यालो देखियो । पल्लो घरबाट उज्यालो बिनै आगोको भरले आ“खा मिच्दै खाना पकाएर जसोतसो जीवन निर्वाह गरिरहेकी ७५ वषर््ािया बृद्धा बुंची खत्रीले आज त बत्ती आयो उज्यालो भयो भनिन् । मैले सहजै पत्याइन कि ६ महिनासम्म एकदिन पनि उज्यालो नदेखेको कसरी आज बिजुली आयो होला भनेर । तैपनी म पनि कोठा भित्र नहेरी बस्न सकिन । ओटालाबाट उठेर भित्र गएर हेर्छु त सा“च्चीकै बिजुली बलेको रहेछ । बुढीनन्दा–५ की स्थानिय महिला रन्जती पाध्यायले भनिन् ।
मैले फेरी बाहिर निस्कीएर पल्लो घरकी बुढी दिदिलाई भने बिजुली आएको हो । कसले बनाएर आउछ । अब जलाएर खाना पकाउ । अनि बृद्धा खत्री खिसीक्क्क हा“सेको आवाज बाहिर आयो । वृद्धाकी छिमेकी रन्जतीले बताइन् ।
टोलको बिचमा रहेको मन्दिरको बिचमा जब बिजुली जल्यो अनि सा“झपख खेलीरहेका केटाकेटी एक्कासी पोलमा बलेको बिजुली देखेर आ– आफ्नो घर गए । गाउ“का सबै मोबाइलहरु पनि ६ महिना देखि नै अफ् थिए । सबैले आ आफ्ना मोबाइलहरु चार्ज लगाउन हतार – हतार गरे । बिजुली बत्री आएकोकेही समयपछी लामो समयसम्म सम्पर्कमा नरहेका आफन्तसंग पनि सबैले टेलिफोन गरे र र ह‘सिलो अनुहारले आज बिजुलीको आयो त्यसैले फोन गर्न पाइयो अधिकांशको बोलीमा त्यहाँ भेटिन्थ्यो । त्यो दिन करिब ७ घण्टा सबै नेट तथा इन्टरनेट सबेमा जोडिए । देश तथा विदेशमा रहेकासंग पनि बर्खामासको भलासुकाली गरे ।
तर त्यो स्थानियहरुको खुसी ७ घण्टाको मात्रै थियो । त्यो पनि कसैले राती भएका कारण बिजुलीको ७ घण्टे सेवा उपयोग गर्न पाएनन् । मैले त सा“झपख थोरै मोबाइल चार्ज लगाएर दाईसंग बिदेशमा टेलिफोन गरे । पछी फेरी मोवाइल लगाउन विर्सेर सुतेछु । मेरो त आज पनि उस्तै अवस्था छ । भोलीपल्ट बिहानै बुढीनन्दा–५ कै स्थानिय सरोज पाध्यायले बताए ।
६ महिनापछी बिजुली आएको त्यो दिन पनि करिब ७ घण्टा मात्रै बिजुली बलेको थियो । वर्षायामको समय स्थानियहरु कोही लेक र कोह िबेसी भएकाले आधा स्थानियले त त्यो दिनको उज्यालो कस्तो थियो त्यो पनि देख्न पाएनन् । बुढीनन्दा–२ का स्थानिय प्रदिपराज जोशीले बताए । कोही–कोही हुने खाने र बिजुली संचालन गनृको लागि समितिमा बसेकाले त बैकल्पीक उर्जा(सोलार) घरमा जडान गरेकाले उनीहरुलाई खासै महत्व पनि हु“दैन काम चलाइृ हाल्छन् तर ती गरिब, ती पिडीतले झरो बाल्नुपर्ने अवस्था छ । उनलृ चिन्तति हु“दै भने ।
९ वर्षदेखि बिजुली संचालित तर, गाउ“घर अन्धकार
हालको बुढीनन्दा नगरपालिका वडा–२ दान्सा“गुमा बड्डीगाड लघुजलविद्युत परियोजनाको नाममा वि.सं २०६२ सालदेखि साना लघुजलविद्युत परियोजनाको काम संचालन भयो । त्यतीखेर बैकल्पिक उर्जाले बजेट विनियोजन गरेको थियो । बत्ती बाल्ने रहरले स्थानिय खुसी भए । नहर बनाउनु सुरु गरियो । हालको बुढीनन्दा नगरपालिकाको–१, २, ३ र ५ का १३३० घरदुरिले करिब १हजार ७ सय ६५ मिट नहर श्रमदानमा निर्माण गरे । बिजुली बाल्ने भएपछि हाम्रो गाउ“मा पनि उज्यालो हुन्छ शहर बजार जस्तै देखिन्छ भन्ने थियो हामील उत्सुकताका साथ घरको काम छोडेर पनि नहर निर्माण सक्रिय भएर लाग्यौ“ बुढीनन्दा–५ का वयवृद्ध कृष्णदत्त पाध्यायले भने । बिहानै धरको काम सकेर हामी निस्किन्थ्यौ“, कम्ता दुःख त धएको थिएन त्या े सम्झीदा त अहिले मेहनेत खेर गएजस्तो लाग्छ अर्का स्थानिय हिरालाल पाध्यायले थपे ।
त्यतीखेर प्रतिपरिवारलाई २ मिटरका दरले नहर निार्मण गर्ने जिम्मा लगाइएको थियो । एकै घरका सबै महिला, बालबालिका गएर कसैले सिमेन्ट, कसैले बालुवा, कसैले माटो र कसैले ढुङ्गा बोकेर नहर निार्मण गरे अहिले यस्तो होला भनेर कसैले जानेनन् नागकि अगुवाको भनाई छ ।
बल्लतल्ल बैकल्पकि उर्जा र स्थनियको लामो प्रयासपछी वि. सं २०६७ साल माघ महिनाका विजुलीको पावहर हाउसमा परिक्षणका लागि बत्ती बल्यो । बत्ती आशामा स्थानिय धmनै उत्साहित भए । थोेरै कुनै काम बिग्रपनि स्थायिन घरको कामको प्रवाह नगरी बिजुली मर्मतका लागि तयार हुन्थे । त्यसपछी स्थानिय घरमालाईन जोड्न करिब ६ महिना जती लाग्यो ।
स्थानियको आशा ६ महिनापछी सा“च्चीकैमा परिणत भयो । पछील्लो वर्ष साउन महिनामा घरघरमा बिजुली बल्यो । सबै उत्साहित थिए । बत्र िबलेपछी कसैका घरमा नया“ मोवाइल, कसैका घरमा नया“ टिभी, कसैका देखि थाले । स्थानियहरु सा“झपख बाहिर आ“गनमै टिभी खुलाएर देडडा घन्काउन थाले । गाउ“लेहरु पनि सबै दिउसोको काम सकेर बेलुका जम्मा भएर संगै बसी रमाइलो गर्ने गर्दथे । यो खुसीयाली स्थानियको धेरै दिन टेक्दैनथ्यो । कहिले महिनामा ५ दिन, कहिले १० दिन यस्तै यस्तै थियो ।
तैपनी स्थानियले हार खाएका थिएनन् निार्मणका लागि फेरी जुटिहाल्थे नहरमा थोरै पानी बढायोकी भत्की हाल्थ्यो वडा नं –३ सिराडीका स्थानिय धनबहादुर बोहराले भने हामीलाई पनि त्यस्तै उत्सुकता जाग्दथ्यो । अहिले त ९ वर्षभैसक्यौ यस्तै अवस्था भएको स्थानियले पनि आशा मारिसकेका छन् । बिजुली नियमित नहु“दा वडा नं २ पपिलडालीमा नया“ लघुजलविद्युत निकाली गाउ“झिलीमिली छ । वडा नं ५ को केही टोलमा पनि छ्ट्टै लघुजलविद्युत निकालेर झिलीमिली नै छ तर हामीले भने हेरेरै चित्त बुझाउनुपर्छ । बुढीनन्दा–५ काप्कोृटका स्थानिय नन्दविर च“दाराले बताए ।
ढाई करोड लगानी तर प्रतिफल शुन्य
बड्डीगाड लघुजलविद्युत परियोजना निर्माण गर्दा १ करोड १५ लाख लगानी लगाएर निर्माण गर्यो । त्यसपछी पटक पटक नहर भत्कीदा पुनः लगानीको त गणना नै छैन कति छ कति हामीले साना तिना लगानीको गणना गरेका छैनौ तर पटक पटक निार्मण गर्दा हालसम्मको मोटामोटी रकम ढाई करोडको अनुमान गरेका छौ“ । निर्माण समितिका अध्यक्ष अंगलाल जैशीले बताए ।  यसैमा पनि हालसम्म बुढीनन्दा नगरपालिकाले २० लाख लगानी गरेको छ । अर्का समितिका सदस्य धुव्र रेग्मीे बताए ।
९ लाख महसुल उठ्न बा“की
बिजुली बत्ती नियमित हु“दैन । बिजुली नयमति नभएपछी स्थानिय महसुल तिर्न मान्दैनन । ५ वषदेखि कसैले महसुल तिरेका छैनन् । न त घरमा व्यवस्थित ढंगले मिटरबक्स राखिएका छन् । न त महसुल तिर्छन् पावरहाउसका कर्मचारी धुव्रराज रेग्मीले बताए ।
२९ हजार कर्मचारीको तलब उदारो
कर्मचारीहरु रातदिन नभनी काम गर्छन् । सबै उदारो छ । अहिलेसम्म कति हुन् कती कर्मचारी फेरीए कसैले पनि राम्रो संग काम गरेको पारिश्रमिक पाएका छैनन् । तीकर्मचारीलाई कहिल्यै चाडपर्व आउ“दैनन् , उनीहरुलाई सधै समस्या छ जागिर नामको मात्र । हाल कार्यरत धुव्र रेग्मी बताउ“छन् ।
मैले पनि २ वर्षमा ३ महिनाको तलब मात्र खाएको छु । सबै लाथालिङ्ग छ । पुराना बाहिर गएका कर्मचारीले त सबै रकम छोडेर गएका छन् । १० लाखको विकासले, १० लाखको नै विनास


बुढीनन्दा नगरपालिकाले प्रत्येक वडामा पर्याउने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । ६ महिना अगाडी मात्रै बुढीनन्दा–३ को वडा कार्यालयमा सडकसंजाल जोड्नका लागि निर्माण कार्य सुरु गरियो । १० लाख बजेट विनियोजन गरिएको थियो ।
तल बिजुलीको नहर छ, माथीबाट सडक निर्माण गरिएको छ । सडक निर्माण गर्दा तल नहर पुरै माटोले पुरियो । स्थानिय ६ महिनादेखि उज्यालो देख्न पाएका छैनन् । सडाको सडक निर्माण कार्य ठिक नहरको बा“धसम्म पुग्यो सडक त बनयो तर नहर पुरियो । पुनः नगरपालिकाले ६ लाख ६४ र ३ लाख ३६ हजार बैकल्पीक उर्जा समितिले रकम बिनियोजन गर्यो । अहिले नहर ठिक छ तर पावरहाउसका पाइप बिग्रीएका छन् । एक दिन बत्ती बल्यो फेरी अवस्था त्यस्तै छ । पावरहाउसका कर्मचारी बताउ“छन् ।
नहर निर्माण गर्ने ठाउ“ नै उचित नभएको बुढापाकाको ठम्याई
निरन्तर माथीबाट माटो बग्छ । पानी त पर्नै हु“दैन त्यसैमा कुलो निमाृण गरेपछी कसरी दिगो हुन्छ । स्थानिय वयवृद्ध गोरख मल्ल भन्छन् । उनको भनाई मात्र हैन अहिले सबैको मुखमा यस्तै निस्किन्छ । तलबाट थारै माटो निकाले पनि पहिरो लाग्छ । नहर तल भिर छ ।
तत्कालिन इन्जिीनियरले पनि माओवादीको डरले ठाउ“ नरामै्र भएपनि नहर निर्माणका लागि स्वकिृत गरेको पनि कतिपयको भनाई छ ।
सोही लघुजलविद्युतलाई नै स्थापित गर्ने नगरको योजना
बुढीनन्दा नगरपालिकाले भने सोही लघुजलविद्युतलाई स्थापित गर्ने योजना बनाएको छ । कराडौ“को लगानी बड्डीगाड लघुजलविद्युत परियोजनामा भएकाले अर्को स्थापाना गर्नुभन्दा त्यसैलाई स्थापित गर्दा राम्रोहोला भन्ने उद्देश्यले नगरपािलकाले सोही किसिमको योजना बनाएको उपप्रमुख सृष्टी रेग्मीले बताइन् ।
उनले भनिन् नगरपालिकाबाट बजेट विनियोजन गरेका छाैँ । अर्कौ ठाउ“मा बनाउनका लागि कुनै त्यस्तो उचित ठाउँ पनि नभएको र लगानी पनि धेरै लाग्ने भएकाले नगरले यस्तो योजना बनाएको हो ।
नगरपालिकामा सम्पुर्ण लघुजलविद्युत परियोजनाको रिर्पोट आएको छ हामी त्यै अनुसार अगाडी बढ्नैछौ । यस अघि पनि मर्मतका लागि केही रकम नगरले सहयोग गरेको र आगामी दिनमा नगरपालिकाको पुर्ण सहयोगमा बिजुली बल्ने छ । उपप्रमुख रेग्मीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार