
आफ्नै घरमा पर-पुरुषसंग भेटेपछि कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको हो। २१ गते कुटपिट भएपनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
२४ गते विहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाईएको थियो। नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापा फेरी उपचारका लागि लम्की स्थीत अस्पतालमा भर्ना भएकी थिईन्। थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए। कुटपिटमा संग्लन उनलाई पक्रा गरि घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।
साभार दिनेश खबर
