• होमपेज
  • देश/प्रदेश
  • काठमाडौँको सुनसान सडकमा यस्तो देखियो राष्ट्रपति सी जिनपिङको ‘कार्गेड’

काठमाडौँको सुनसान सडकमा यस्तो देखियो राष्ट्रपति सी जिनपिङको ‘कार्गेड’

  • शनिबार, अशोज २५, २०७६
काठमाडौँको सुनसान सडकमा यस्तो देखियो राष्ट्रपति सी जिनपिङको ‘कार्गेड’

शनिवार साँझ काठमाडौँ आइपुगेका चीनका राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा साँझ साढे ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी हुन् । विमानस्थलमा नै राष्ट्रपति सीलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ बाट सम्मान अर्पण गरेको थियो । जहाँ उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायतका उच्च पदस्थ पदाधिकारीले उनको स्वागत गरेका थिए ।

त्रिभुवन विमानस्थलबाट सोल्टी होटेलसम्म नेपाली सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त सुरक्षा घेराभित्र उनको सवारी चलाइएको थियो । विमानस्थलदेखि नै ठाँउ ठाँउमा स्वागतद्वार, साँस्कृतिक झाँकीका साथै सडक किनारमा नेपाल र चिनको झन्डा फर्फराएर राष्ट्रपति सिलाई भब्य स्वागत गरिएको थियो ।

उनको सुरक्षाका लागि सवारी हुने रुटमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विमानस्थलबाट राष्ट्रपति सोल्टी होटलतर्फ प्रस्थान गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार