• होमपेज
  • छुटाउनु भयो कि?
  • दशैं तिहारले छुन नसकेको जीवन

दशैं तिहारले छुन नसकेको जीवन

  • शुक्रबार, अशोज २४, २०७६
सेयर गर्नुहोस् :
दशैं तिहारले छुन नसकेको जीवन

सबैतिर यतिबेला दशैंको रौनक छाएको छ । हुनेखानेहरु तडक भडककासाथ दशैं मनाइरहेका छन् । तर कैलालीको खुटिया नदी किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका सुकुम्बासीहरुलाई भने दशैं तिहारको कुनै खुशियाली छैन ।

यहाँका करिव १७ परिवार दशै नमान्ने समुदाय पनि हैनन्, कुनै छाउजुठो परेको पनि हैन्, तरपनि विगत चौध वर्षझैं यस वर्षको दशैंले उनीहरुलाई छुन सकेन् । कारण थियो आर्थिक अभाव । दशैको टीकोटालो गरी मनोरञ्जन गर्न वसे साँझ विहानको छाक कसरी टार्ने भन्ने समस्याले समाजमा रहेका अन्यजस्तो दशै मनाउन नसकेका हुन् ।

२०६२ सालमा आएको वाढी पहिरोका कारण कैलालीको साविक पहाडी गाविस सहजपुरवाट विस्थापित भएर खुटिया नदी किनारमा वस्दै आएका बाढी पीडितहरुलाइ यतिखेर दशै तिहार भन्दा पनि साँझ विहानको छाक कसरी टार्ने भन्ने नै पिरलो भएको स्थानीय गौरीलाल पार्कीले वताए । दिनभरी कुटेको गिट्टी विक्री भएमात्रै साँझ मुखमा माड लाग्ने भएकाले आफुहरुकालागि दशैंतिहार “कागलाई वेल पाक्यो हर्ष न विस्मात” जस्तै वनेको स्थानीयको दुखेसो छ ।

चुनावका वेला जनताको सरकार आउछ सत्ता आउछ, गास, वास, कपास र रोजगारीको ग्यारेन्टी गर्छौ भन्ने जस्ता आश्वासन वाड्ने नेताहरुले पनि आफूहरुलाई उपेक्षा गरेको अर्का स्थानीय क्षेत्रवहादुर महराले वताए । उनले भने–‘कमैया, हलियालगायतलाई मुक्त गरेर सरकारले पुर्नस्थापना ग¥यो ।’ आफुहरुपनि वाढी पहिरोले घरवार विहिन भएर खोला किनारमा बस्दैआएको चौध वर्ष पुग्नलाग्दा पनि कसैले हेर्दैनन् ।

विगतका चाँडवाडलाई सम्झदै टीकाको तेस्रो दिन गिट्टी कुटदै गरेकी स्थानीय पार्वती जोशीले भनिन्–घरवास थियो, आफन्त थिए, मिलेर गक्ष्यअनुसारको खानपीन हुन्थ्यौं, रमाउन्थ्यौं तर, पछिल्लो चौध वर्षदेखि केटाकेटीले छिमेकीकै जस्तो देखासिखी खोज्छन्, पैसा कहाँवाट ल्याउने ?’ समस्याले चाँडवाड नआइदिए जस्तो लाग्ने गरेको उनको भोगाई छ ।

चर्चामा

सम्बन्धित समाचार