बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • फिचर
  • लघुकथा : सिपाहीको दशैँ -अनि त्यो रात

लघुकथा : सिपाहीको दशैँ -अनि त्यो रात

  • आइतवार, अशोज १९, २०७६
लघुकथा : सिपाहीको दशैँ -अनि त्यो रात

  लेखकः-उमेश प्रसाद अवस्थी (आदर्श)

दशैँ आउन दुईचार दिन मात्र बाकी रहेको थियो । कुरा राती ००:३३ बजेको समयको हो । दिनभरीको थकान अनि मानसिक तनाब जसको कारणले बेलुकीको खाना पनि खासै खाएको थिइन । दिउसो सबै साथिहरु दशैँ मनाउन घर जान्छन तर म भने घर जाने कुनै टुङ्गो थिएन । केही दिन अगाडी देखी घरमा  आमा र बाबाले  सोध्दै हुनुहुन्थ्यो बाबु यसपालिको दशै मनाउन त घर आउछौ होलानि,पल्ला घरे लाहुरे बाबु पनि दशैँ र तिहार मनाउनको लागी लामो बिदा लिएर घर आएका छन तिमी पनि घर आउन यसपाली सबै तिम्रा दिदी बहिनीहरु पनि माईति घर आएका छन घरमा संगै बसेर दशैँ र तिहार मनाउन पाईएको छैन । यसपालीको दशैँ र तिहार सबै जना सँगै बसेर मनाउला ।

मैले आमा लाई भने आमा बिदाको लागी कुरो हुदैछ हजुर तयारी गर्दै गर्नु म यता मिलाउदै छु । यता के मिलाउनु थियो र मैले बिदाको लागी कुरा गर्छु भनि आमालाई भन्नु भन्दा पुर्व नै यता त बिदाहरु सबै बन्द भई सकेका थिए केही व्यक्तिहरु त कुरा मिलाउदै घरतिर जादैँ गरेका भएता पनी मैले त बिभागले तोकेको आदेशको अगाडी कुनै पनि प्रश्न राख्न सकिन । यता मैले पनि एक पटकको लागी सम्म कुरा गर्न खोजेको थिए तर वास्तविकता फरकै तिर लाग्न लागी सकेको थियो दशैँमा जती घर गए गए बाकी हामी सबैको घर यही हो हामी यतै सबैजना रमाईलो गर्ने हो भन्ने कुरा केही दिन अगाडी मात्रै सुनिनमा आएको थियो चाडवाड आउदा कसकी आमाले पो बाटो हेरेर नबस्लान र तर के गर्नु यहाँ प्रसंग फरकै तिर ढल्किसकेको थियो ।  जो देशको सिपाही उसैले त देशको लागी सबै भन्दा बढी खटिनु पर्छ भन्ने कुरा त कसैले पनि बुझ्दैनन होला सबैले घृणामात्र गर्छन किनकि त्यो सबै भन्दा निम्न स्तरको मान्छे  हो भन्ने सबैमा सोच आउदो रहेछ तर रातदिन त्यही मान्छे खटिएर आफु उतारचढाब संग चढ्दै  झर्दै वास्तविकताको कदर गर्छ भन्ने कुरा कसैको मनमा पनि नलाग्दो रहेछ । के सिपाहीको घर परिवारै हुदैन होला त एक पटक विचार गरिदिनु विदेशमा भएका हरुत समयको पाउबन्दीका कारण घर आउन सकेनन रे तर स्वदेशमा भएकाहरुको हालत भने यस्तो छ, के दुइचार दिनको लागी देशको सिपाहीको हैसियतमा अरुले काम गर्न सक्दैनन सरकारका कर्मचारी भन्नेहरु त सबैले कार्यालय बन्द गर्दै  घर तिर लागेका रहेछन ।

 कामहरु सबै ठप्प छन भन्ने कुरा चारैतिर सुनिदै आयो तर सिपाहीको भने दशैँ आयो कि आएन कुनै थाहा भएन सिपाहीलाई दशैँ लागेको कुरा तब थाहा हुन्छ जब दशैँको आडमा रक्सिको मातमा र जुवाको खातमा चारैतिर  मान्छेहरु पक्राउ पर्न थाल्छन र सिपाहीले उसको बयान  लिन्छ के कती कारणले हिजो राती यस्ता गैर-कानुनी कृयाकलाप गरीस उसले जवाफ दिन्छ दशैँ  हो त हिजो त हामीले दशै मनायौ त्यति बेला केके भयो-भयो थाहा भएन यस्ता बयान आउने कुराहरुले गर्दा सिपाहीलाई अझै कमजोर बनाउदै लैजान्छ । त्यो रातको कुरा साझ अबेर सम्म कोठामा चलचित्रहरु हेर्दे बिताए जब रातीको बाह्र बज्यो अनि सुत्नको लागी लम्पसार परे तर निन्द्रा लाग्नु को त कुरै छोडौ पल्टन सम्म पनि सकिन हृदय रुन थाल्यो घरको याद झलझलि आउन थाल्यो म बिस्तराबाट उठेर बाहिर गए र आमालाई सम्झदै भने आमा मत गौरब गर्छु किनकी हजुरले म जस्तो एक राष्ट्र सेवक र जन सेवक छोरो जन्माएकोमा सबै हेर्नु त यो खुला आकाशमा छोडिएका ताराहरु छोडिए जस्तै चम्किरहेका छन तिनिहरुलाई दशैँ र तिहार आएको छरे हजुरले अरु सबैलाई चम्किएका देख्नु भयो ।

तर हजुरले मलाई देख्नु भएन । सबै रमाईलो गरी घर भित्र सुतेका छन म तिनकै घर बाहिर बुट बजार्दै तिनलाई दशैँ मनाउन सिकाउदै छु यदी मैले तिनिहरुलाई खुलारुपमा दशैँ मनाउन दिने हो भने भोलि बिहान हजुरले  उठ्ने बेला सम्ममा यहाँ अर्को घटना पनि घट्छ होला त्यसकारण म सबैलाई दशैँ  मनाउन सिकाउदै तिनिहरुकै घर अगाडी उभिएको छु मेरो गहभरी आशु थियो तर पनि आमाको आखामा मेरो कारणले आशू नचुहियोस भनेर मात्रै मैले आमालाई सम्झेर यति कुरा सम्म गरेको हु । यस्ता-यस्ता वास्तविक कुराहरु धेरै छन एकातिर देशको स्थिति अर्कोतिर  हाकिमको आदेश र बाहिरतिर घर परिवारको स्थिति मन भित्रको थकानको एक महसुश, बिहानको उठाइ  तातेको ओछ्यानलाई छोडेर चिसो चिस्यानमा  खुट्टा ठोक्नु पर्ने  कस्लाई पो गर्न मन लाग्छ होला र । यति गरेर मात्र एक यहाँ सुख र शान्ती छ होला जस्तो लाग्छ, यसमा पनि कहा पुग्छ  र यतिले मात्रै । एकले त पक्कै बिगार्छ एकदिनमा तर त्यो गरेको गल्तीको भोगाई साराले पाउनु पर्ने  अर्कोतिर राम्रो गर्ने व्यक्तिले पाउने सुबिधा पनी केहो केहो बुझ्नै गाह्रो हुने । रातभरी रोएको रहेछु बिहान उठ्ने बेला ओठ मुख सबै सुकेका थिए मलाई के कति कारणले राती रोएको भनि धेरैले सोधै तर मैले भने चिसोको कारण स्वर सुकेको हो म कहाँ रोएको छुर यत्तिकैमा फेरी घरबाट आमाले फोन गर्नु भयो पहिलो पटक त मैले फोन उठाईन मेरो स्वर सुके जस्तो  भएको थियो तर दोस्रो पटकको फोन भने म उठाउन बाध्य भएको थिए । दोस्रो पटक गरेको फोनमा आमालाई शंका लागी मलाई भन्नु भयो ।

 तिमीले त बिदा पाएनौ कि के हो ? मैले आमालाई सिधै जवाफ फर्काइ दिए आमा हजुर किन बढि बोलिसिन्छ मैले भनि सके त बिदाको टुंगो लागेको छैन तर म घर  आइहाल्छु नि । आमाले नम्र स्वरमा भन्नुभयो बावु तिमी  सधै त्यही सेवामा त कहाँ बस्छौ र जति बेला सम्म तिमीमा क्षमता हुन्छ तिम्रो शारीरिक र बौद्धिकताले भ्याउँछ त्यती बेला सम्म  त हो तिमि सेवामा बस्ने, जब तिमी कमजोर बन्दै जानेछौ त्यसपछी तिम्रो आउने बाटो यही घर त हो बाबु ठिकै छ यसपालीको दशैँमा तिमी आउन सकेनौ तिम्रो भाग मैले सबै राखि दिएकि छु तिमीलाई टाढाबाटै भएपनी आशिर्वाद छ तिम्रो शिर उच्च होस बाबु तिम्रा मनोकामना सबै पुरा होउन मेरो आशिर्वाद छ बाबु तिमीलाइ भन्दै आमाले फोन काट्नु भयो मेरो मन र मुटु धुरु-धुरु रुन थाल्यो भित्र अफिसमै बसैको थिए जब आमाले यि कुराहरु गर्नुभयो म  अफिसबाट बाहिर निस्किए यो समस्या मेरो मात्रै होईन सम्पुर्ण राष्ट्रको लागी खटिने सुरक्षाकर्मीको थियो । मेरो जस्तै सबैको कहानी बनेको थियो होला तर सबैले व्यवहारमा यसरी बाहिर ल्याउन नखोजेका होलान जस्तो लाग्छ । कस्को परिवारले बाटोको मुख नहेर्ला र दशैँ  तिहार जस्ता चाडपर्वहरु आउदा  तर पिडा सुरक्षाकर्मीको नै बढि देखिन्छ किनकी बाटो दुईतिरका सम्हाल्नु पर्छ एकातिर घर परिवार अर्कोतिर  समाज र राष्ट्रको । त्यस्तैमा त  सुरक्षाकर्मीलाई रातदिन आदिबेहोरी आएजस्तै भईराख्छ भने चाडपर्व  आउदाको भिडभाड को त के कुरा गर्नु हजुर समस्या पर्दा त हेर्ने बाटो त्यही मात्रै  त हो । कानुनको संरक्षक बनी कानुनको बाटो सम्हाल्दाको पिडा बेग्लै हुदो रहेछँ ।  भन्न त भनिन्छ कानुन भन्दा माथि कोही पनी छैन तर देशको परिस्थितिको मुल्याङ्कन गर्ने हो भने केही यता केही व्यक्तिहरु कानुनलाई नै हातमा लिन खोज्छन उनिहरुलाई के थाहा कानुनको संरक्षण गर्न कति गाह्रो हुन्छ भनेर । यस्ता धेरै कुराहरु छन यी कुराहरुको  सामना कसरी गर्ने, मेरो जस्तो मनोभाव तपाइहरुको पनी  पक्कै भएको होला तर पनी यी सबैकुराहरु क्षण-क्षणमा हुने गर्दछन । कुरा अली प्रसंग भन्दा बाहिरतिर ढल्कन खोजेको रहेछ  । सिपाही देशका हुनु,देशमा आईपर्ने पिडाहरु सबै सिपाहीमा पनी आइपर्छन जति सास्ती देशले भोग्दै जान्छ त्यती नै सास्ती सिपाहिले पनी भोग्नै पर्नै हुन्छ  किनकी सिपाही नै एक देशको सञ्चा पहरेदार हो । जब देशको सिपाही परिपक्व र बलियो हुन्छ तब देश त बलियो हुन्छ होला । तर देशको  स्थिति संगै सिपाहीको पनि परिस्थिति पनि त बदलिन्छ होला कि कसो ।

 देशले पनी त दशैँ र तिहार मनाउँछ होला कस्ले बुझिदेला त्यो सिपाहीको पिडा । दिउसो आमाले मलाई भन्नु भएको कुराहरु सबै वास्तविक हुन जस्तो पनि लाग्यो राष्ट्र सेवक कर्मचारीको कुरा होस या अन्य  सेवामा रहेर जागिर गर्नेको कुरा होस जतिवेला सम्ममा त्यसमा क्षमता हुन्छ या त्यसले केही गर्न सक्छ त्यती बेला सम्म मात्रै त्यो  त्यस ठाँउमा बस्दोरहेछ तर त्यो जब जब कमजोर बन्दै जान्छ त्यसलाई त अवकास दिएर घर पठाईदोरहेछ वास्तविकता यहीँ नै हो सिपाहीको जतिबेला सम्म उ केही गर्न सक्छ त्यतीबेला सम्म देश र जनताको लागी लडि नै रहेको हुन्छ । विचरा लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा प्रदेशमा बस्नु पर्ने बाकी बैश ढल्केको जिवनलाई लिएर घरतिर फर्कनु पर्ने यो कसलाइ पो मन पर्ला र तर म आफुलाई सम्हाल्दै आमालाई सम्झाउने कुराहरू गर्दै थिए तर केही पनि सिप चलेन  आमाको अगाडी, फोन काटे र खूला आकाश पुरै देखिने त्यो घरको छतमा गएर आकाशका ताराहरु गन्न थाले मनलाई भूलाउन त खोजेको थिए घरमा भएका आमा बुवा र भाई बहिनीको मायाले मलाई पनि लोभ्याई नै रह्यो रात भरी कराए रोए गुहार मागे समिपमा

 अनन्तः  नतिजा त्यो आयो आफु कमजोर बने रातभरी रोए,रुदारुदै निदाएछु निदाएको कुनै पत्तो पाईन बिहान उठ्दा त पुरै ओठ मुख  सुकेको थियो मेरो अनुहार फरकै देखिएको थियो । कसैले पनि थाहा पाएनकि घरको यादले रातभरी रोएको हो भन्ने कुरा,सबैलाई भनिराथेकि यता चिसो मौसमको सुरु भईसकेको छ राती अली अली चिसो बसे जस्तो छ भनेर मलाई सञ्चो छैन भनेर यि त देखाउने माध्यमहरु मात्रै सबैका फरक फरक हुन तर भोगाईमा सबै सिपाहीको घर अनि घरको याद र दिनको डिउटी रातको तनाब सबै हुन । यो त मेरो एउटा सानो कथा मात्रै हो कसैको जिवन अर्थात  दैनिकी संग मिल्न गएमा संयोग मात्रै हुनेछ   ।

चर्चामा

सम्बन्धित समाचार