
बुढिन्नदा नगरपालिका ३ जैलुकि ३२ बर्षिय अम्बिका बोहोरा समाज परिवर्तन र समाज रहेका कुरित अन्तय गर्ने अभियानमा लागि परेकि छन् । महिनावारी हुँदा र सुत्केरी हुँदा गरिने भेदभाब बाट आफै पिडित बनेपछि, महिनावारी भएको बेला उनि मात्र नभई अन्य गाँउका महिलालाई घर बस्ने गरेका छन् ।
अम्बिका बोहोरा महिनावारी भएको बेला गोठ बस्ने छोडेको ८ बर्ष भयो । पहिलो पटक बस्ने खाज्दा जबरजस्र्त बसे । त्यो बेला सासु ससुरा बाट अपेहेलित हुनु परेको थियो, तर बिस्तारै आफु मात्र नभई अन्य गाँउका महिलाहरु घर बस्न थालेपछि अहिले भने त्यस्तो अपेहेलित नहुनु परेको अम्बिका बताँउछन् । पिसवीन नामक संस्थाले शुरुमा कुप्रथाको बारेमा तालिममा जानकारी पाएपछि अहिले आफु समाज परिवर्तन गर्ने अभियानमा लागेको उनि बताँउछन् । तालिममा छाउप्रथा मान्नु अन्धबिश्वास हो, गोठमा बस्दा असुरक्षित हुनु पर्ने जानकारी पाएको अम्बिका बताँउछन् । गाँउमा महिनाको एकपटक कुप्रथाका बारेमा छलफल गर्ने गरेकी छन् । उनको अगुवाईमा जैलुमा रहेका ३० परिवारमा छुवाछुत अन्तय भएको छ ।
अम्बिकाले छाँउपडि प्रथा आफ्नो घर बाट अन्त्यको शुरुवात गरेकी थिईन् । अहिले गाँउ मात्र नभई नगरपालिका कुप्रथा अन्त्य अभियानमा छन् । उनि नेपाली काँग्रेस बाट कार्यपालिकाकि सदस्य रहेकि अम्बिका नगरपालिकाको उपप्रमुख सृष्टि रेग्मिको अभियानमा समेत सहयोग गर्दै आएकि छन् । महिला शसक्तीकरण, छाउपडि प्रथा सम्बन्धि, दलितको छुवाछुत, जाँड रक्सि जुवातास अन्त्यमा लागेको उपप्रमुख बताँउछन् ।
हिमाली गाँउपालिका ७ बाधुकि प्रर्मिला अधिकारी बुढा पनि समाज परिवर्तनमा लागेकि छन् । १ सय ७५ परिवार रहेको बाधु गाँउनै अहिले छाउपडि प्रथा अन्त्य भएको छ । बर्षातमा घर टाढा बस्नु परेको थियो, २ बर्ष यता घर भित्र बस्ने गरेका छौ, प्रर्मिलाले बडिमालिका खबर सँग बताईन् । कुप्रथा मात्र नभई महिलाहरुको अगुवाईमा सरसफाई सम्बन्धि अभियान, मदिरा नियन्त्रण, पोषणका बारेमा, तरकारी खेति लगायतका अभियान सञ्चालन भइरहेका छन् । प्रत्येकको घर अगाडि करेसावारी समेत निर्माण भइरहेका छन् । शुरु शुरुमा केही जानकारी थिएन् पिसवीन लगायतका गैरसरकारी संस्थाको गाँउमा महिलालाई चेतना दिएपछि अहिले महिलाहरु यो अभियानमा लागेको अर्कि महिला अभियान्ता सर्मिला अधिकारीले वताएकि छन् ।
बाधँु गाँउमा मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई पहिलो पटक २५ सय तिराउने निर्णय गरेका छन् । महिला समुहको अगुवाईमा रत्न विक र मनराज दमाईलाई २५ सय का दरले उनिहरुले जरिवान समेत तिराईन् । गाँउमा हो हल्ला र झै झगडा बढन थालेपछि मदिरा खाइरेहेका पुरुषहरु खोजी खोजी कार्यवाहि गर्ने गरेको प्रर्मिला अधिकारीले वताईन् । पहिला भन्दा निकै शान्त गाँउ बनेको उनले वताईन् । बिभिन्न योजनाहरु र निर्णयमा महिलाको सहभागिता पनि उल्लेखनिय रहेको वताईन् ।
बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मि भन्छन्, अहिले महिलाहरुको सहयोग कुरिति अन्त गर्न लागेको बताँउछन् । छाउपडि प्रथा अन्त्य गर्नमा महिलाको मुख्य भुमिका रहेको बताँउछन्, पिडा महिलालाई नै हुन्छ महिलानै अन्त्य अभियानमा लागेको वताईन् । बुढिन्नदा नगरपालिका कुप्रथा, छुवाछुत अन्त्यमा महिलालेनै नेतृत्व गरेको बताँउछन् ।
