• होमपेज
  • समाज
  • प्रभाबकारी बन्दै सुरक्षित आवास गृह

प्रभाबकारी बन्दै सुरक्षित आवास गृह

  • सोमवार, अशोज १३, २०७६
प्रभाबकारी बन्दै सुरक्षित आवास गृह

सदरमुकाम मार्तडीमा हिंसा पिडित महिलाहरुका लागि निर्माण भएको सुरक्षित आवास गृह प्रभाबकारी बन्दै गएको छ । २०७३ साल जेठ बाट सञ्चालन भएको सुरक्षित आवास गृहमा थुप्रै हिशां पिडित महिला तथा वालवालिकाले सेवा मात्र नपाई न्याय समेत पाँउने गरेको मनोबिर्मशकर्ता सन्तोषि दानि थापाले वताएकि छन् ।
स्थापना देखी अहिले सम्म २ सय ४४ जनाले सेवा लिइसकेका छन् । जसमा ७२ जना वालवालिकाले सेवा लिएको सुरक्षित आवास गृहले वताएको छ । सोत्तसाधन बाट पिडित १ सय ६ जना, बहुविवाह ५९, जबरजस्तीकरण २१ जनाले सेवा लिएका छन् । त्यस्तै वालबिवाह ८, शारिरिक कुटपिट २० मानसिक १८, यौनजन्य दुब्र्यहार ९ र मानव बेचबिखन ३ जना सेवा लिन सुरक्षित आवास गृह पुगेका सन्तोषि दानि थापाले वताए ।
सुरक्षित आवास गृह पुगेका पिडितलाई उनिहरुको न्याय र समस्या समाधानका लागि बिभिन्न निकायमा पठाउने गरेका छन् । सामाजिक मनोसामाजिक कार्यक्रता कहाँ पनि पठाँउने गरीएको छ । त्यस्तै जिल्ला अस्पताल बाजुरा, जिल्ला प्रहरी कार्यलय, सामुदायिक प्रहरी, वडा कार्यलय लगातयतका निकायमा पठाउने गरेका छन् । सुरक्षित आवास गृहमा आएका महिलाहरुलाई सिप मुलक तथा आर्यमुलक तालिम समेत दिने गरेका छन् । साक्षरता कक्षा समेत सञ्चालन गरेको छ । हिसां पिडितहरुको पारिवारीक सम्बन्ध सकारात्मक भएको छ । मनकला बोहोरा (नाम परीवर्तन) हिसां पिडित भईन्, न्यायका लागि सदरमुकाम मार्तडीमा पुगिन्, । उनि सुरक्षित आवास गृहमा बसेर कानुनी उपचार पाएको वताईन् । पहिला त केही होला भन्ने डर लागेको थियो, तर अहिले न्याय पाँउदा निकै खुशि भएको वताईन् ।
सुरक्षित आवस गृह निर्माण भएपछि हिशां पिति महिलालाई न्याय पाँउदा सम्म बस्नका लागि निकै सहज भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । आवस गृहको अनुगमन गर्दा ब्यबस्थापन पनि राम्रो लागेको आफ्नो स्थानिय तह बाट सहयोग गर्ने वताईन् । अहिलेको ब्यबस्थापन युएनएफिए मार्फत ओपेरन नामक गैरसरकारी संस्थाले सहयोग गरिरहेको ओपेरनका फिल्ड संयोजक राधा आर्चायले वताएकि छन् । सेभ हाँउस सञ्चालनका लागि बडिमालिका, बुढिगंगा नगरपालिका र बिभिन्न गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार