• होमपेज
  • समाज
  • छाउपडि प्रथा बारे छलफलमा सासंसदको टोली बाजुरा

छाउपडि प्रथा बारे छलफलमा सासंसदको टोली बाजुरा

स्थानिय तहको सक्रियतामा छाउपडि प्रथा न्यनिकरण हुदै

  • आइतवार, अशोज १२, २०७६
छाउपडि प्रथा बारे छलफलमा सासंसदको टोली बाजुरा

नन्दा थापा
छाउपडि अबस्थाको बारेमा बुझ्न सासंसदको टोली बाजुरामा आएको छ । छाउपडि प्रथा र त्यसको न्युनिकरण गर्ने राज्यको भुमिका बारेमा सासंदको टोली बाजुरामा आएको प्रतिनिधि सभाका सांसद लालबहादुर थापाले वताएका छन् ।
छाउपडि प्रथाको बारेमा बुझ्न नेकपाको केन्द्रिय सदस्य तथा सांसद विन्दा पाण्डे, लाल बहादुर थापा, नारायाण खतीवडा, बिना श्रेष्ठ, बाजुरामा पुगेका हुन् । त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य धनश्याम कोईराला, पशुपति विकास कोषका पुर्व सचिव डा. रितु गर्ताैला समेतको सहभागिता भएका थिए ।
सासंदहरु सँग गरिएको अन्तक्र्रियामा सहभागि बुढीनन्दा नगरपालिकाका उपमेयर सृष्टि रेग्मीले पहिले जस्तो छाउपडि प्रथा मान्ने चलन कम हुदै गएको बताएकी छन् । छाउपडिप्रथालाई निकै चुनौती मोलेर हट्दै जान लागेको उनले बताईन् । पहिलो पटक छाउपडिप्रथा मान्नु हुन्न भनेर आफुले बोल्दा यो केहो भन्ने बारे कसैलाई थाहा थिएन आजकाल धामीझाक्री बाहेक यो कुप्रथा हो मान्नु हुन्न भनेर अभियानमा लागेको उपप्रमुख रेग्मीले अन्तरक्र्रियामा भनेकी छन् ।
उनले भनिन्, अभियानकै क्रममा वडा ४ कुरुगाउँमा पुग्दा किशोरी विद्यालय जान बञ्चित भएको थाहा पाए, विचमा खोला बस्ती पारी र बस्ती वारी भएकोले महिनावारी भएको बेला खोला तर्न हुन्न भन्ने चलन रहेछ, पुजा लागेकै अवसरमा त्यही माईका धामीसंग बस्यौं, सकरारले के गर्नुपर्छ किशोरीले स्कुल जान के गर्नुपर्छ भन्नुस् तर त्यो खोलाई दिनुपर्छ भन्दा धामीले मुर्ती चठाउनुस् भन्नु भयो, यहि विषय प्रदेश सरकारलाई जानकारी गराएपछि १ लाख को मुर्ती चढायौं, अहिले किशोरीहरु स्कुल जान पाएका छन् ।
अर्को घोडाकोटमा बस्ती नै नबस्ने छाउगोठ मात्र भएको त्यो ठाउँलाई छायगोठ भन्ने चलन रहेछ त्यहा पनि पुजा लाग्ने दिनमा गयौं, धामीको घरमा धमेला बसायौं, धामीले तिमीहरुको भरमा देउतालाई छोड्छु भन्नुभयो, जे गर–गर भन्नु भयो, अन्तमा मैले यो जंगलमा छाउपडिगोठमा कसैलाई केही भयो भने धामी विरुद्ध उजुर गर्छु भनेपछि उहाँले पनि ७ वर्षको सम्मको लागि खोलीदिन्छु भन्नुभयो, त्यो पनि ७ वर्षको लागि मात्र हो त्यसपछि के हुन्छ थाहा छैन त्यती सम्म धामीले म ग्यारेन्छी लिन्छु भन्नु भयो र हामी छाउपडिपर्थालाई विस्तारै न्युनिकरण गर्न लाग्दैछौं र हुदै गएको पनि छ उनले भनिन् । उपप्रमुख रेग्मीले आफ्नो नेतृत्वमा २, ५ र ६ छाउपडि गोठमुक्त भईसको जानकारी गराएकी छन् ।
बडीमालिका नगरपालिकाका उप्रमुख कविता विष्टले पनि आफ्नो नगरपालिकालाई छाउपछि गोठमुक्त वडा घोषणा क्रम जारी रहेको बताउदै ४ वडालाई गोठमुक्त गरिसेको बताएकी छन् । उनले नगपालिकाका ३, ४, ५ र ६ वडालाई छाउपछि गोठमुक्त वडा घोषणा गरेर ९ वटा घोषणाको तयारीमा रहेको जानकारी राईन् । विष्टले सबै वडालाई छाउपछि गोठमुक्त वडा घोषणा गरिसेकपछि छाउपडिप्रथा नगर घोषणा गर्ने आफ्नो योजना रहेको जानकारी गराईन् । जिल्लाकै प्रसिद्ध धार्मीक स्थल बडीमालिका मन्दिर र रतुडा माणु रहेको वडा–८ लाई मात्र घोषणा गर्न चुनौती रहेको बताउदै ति चुनौतीको सामना गरेर पनि नगरलाई छाउपछि गोठमुक्त छिट्टै गर्ने योजना रहेको उपप्रमुख विष्टले बताईन् ।
प्रतिनिधि सभाका सांसदसंगको अन्तरक्रियामा गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले गौमुल जिल्लाकै पहिलो छाउपडि गोठमुक्त गाउँपालिका भईसकेको जानकारी गराएकी छन् । उनले छाउपडि गोठ भत्काई सकेपछि आफ्नै घरको सुरक्षित कोठामा महिलाहरु महिनावारी भएको बेला बस्ने गरेको बताईन् । उपाध्यक्ष थापाले धार्मीक कुरासंग जोडीएर विभेद भएको बताउदै महिलाहरुमा डर पैदा हुदा मात्र यो प्रथाले प्राथमिकता पाएको बताएकी छन् । विस्तारै उनीहरुसंग जाँदा यो प्रथा मान्नु हुदैन, यो प्राकृतिक प्रकिया हो भनेर पछि घरको सुरक्षित कोठामा महिलाहरु बस्दै आएको बताईन् । अब अभियानकै क्रममा गाउँपालिकालाई छाउपडि प्रथामुक्त गाउँपालिका गर्नको रणनितिक योजना बनीसकेकोले जिल्लाकै छाउपडि प्रथामुक्त गाउँपालिका गौमुललाई बनाउने दावी गरेकी छन् ।
त्यस्तै जग्गनाथ गाउँपालिकाका उपाध्यक्ष ऐना गिरीले हरेक कार्यक्रममा महिनावारीका बारेमा जानकारी गराउने गरेको बताएकी छन् । आफुले सञ्चालन गरेको कार्यक्रम जति छन् सबै कार्यक्रम छाउपडि प्रथा मान्दा हुने नकरात्मक प्रभाव र सुरक्षित आवासमा बस्दा र पोषिाला खाने खादा हुने फाईदा बारेमा जानकारी गराउने गरेको गिरीले बताएकी छन् । उनले पनि केही वडा छाउपडि गोठमुक्त भएका र केही वटा हुने प्रक्रियामा रहेको सांसदलाई जानकारी गराएकी छन् ।
जनप्रतिनिधि र अन्तरधार्मिक अगुवाहरुविचको अन्तरक्रियामा पहिलको भन्दा अहिले बाजुरामा छाउ बार्ने चलन हट्दै गएको निकर्ष निकालिएको छ । स्थानिय तहका जनप्रतिनिधिलाई पहिलो पटक केन्द्रिय प्रतिनिधि सभाका सांसद र पशुपति विकास कोषका सदस्य धनश्याम कोईरालासंग अन्तरक्रिया गर्न पाउदा ईटा थप्ने काम भएको गौमुलका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । कानुनका बारेमा सांसदसंग कुरा भएको हो भने धार्मिकसंग जोडिएको कुराका बारेमा पशुपति विकास कोषका सदस्य धनश्याम कोईरालासंग छलफल भएको हो । छाउपडिप्रथाका बारेमा कुनै पुराण, ईतिहाँस, वेदमा चर्चा नभएको तर महाँभारतमा भने केही कुरा मात्र लेखिएको पशुपति विकास कोषका सदस्य धनश्याम कोईरालाले अन्तरक्रियामा भनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार