• होमपेज
  • समाज
  • रवी सर्मथकलाई चितवन प्रहरीको चेतावनी जहाँबाट आएका हौं त्यही फर्क नत्र राम्रो हुँदैन

रवी सर्मथकलाई चितवन प्रहरीको चेतावनी जहाँबाट आएका हौं त्यही फर्क नत्र राम्रो हुँदैन

  • सोमवार, भदौ २, २०७६
रवी सर्मथकलाई चितवन प्रहरीको चेतावनी जहाँबाट आएका हौं त्यही फर्क नत्र राम्रो हुँदैन

काठमाडौं । लगातार चितवनमा रवीको सर्मथनमा आवाज उठ्दै गर्दा प्रशासन बल प्रयोग गर्ने मुडमा देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेर भिडलाई काबुमा लिन प्रयत्न थालेको छ ।

पत्रकार शालिकराम पुडासैनीको जीवनत्याग प्रकरणमा पक्राउ परेका पत्रकार रवी लामिछानेसहित तीन जनामाथि छानबिन नगर्न दबाब दिँदै दिनहुँ विरोध प्रदर्शन र नाराबाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रर्दशन र नाराबाजीले कामकाजमा बाधा परेकाले आजदेखि जिल्लाको सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू भएको क्षेत्रमा प्रदर्शनमा रोक लगाइएको हो ।

गत २० साउनमा चितवनको कंगारु होटलमा जीवनत्याग गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका नाम लिइएको थियो ।

उनीहरुमाथि पुडासैनीलाई मृत्यु रोज्न बाध्य बनाएको आरोप लगाइएको छ । सोही कारण लामिछाने सहितलाई प्रहरीले पक्राउ गरी चितवन लगेको हो । हाल आरोपी तीनैजना अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
प्रहरी छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फर्काउने तयारी थालेको एसपी मल्लले चेतावनी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार