अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यो फल धेरै मात्रामा जंगलतिर पाइन्छ । यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो। त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन्। फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।
१) अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ ।
२) त्रिफलाले दिसा सफा गराउने काम गर्छ ।
३) सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ ।
४) फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ,जसले शक्ति प्रदान गर्दछ ।
५) यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा पनि प्रयोग गर्न सकिन्छ ६) पत्थरीदेखि ग्यास्ट्रिकको समस्यासम्म छुटकारा पाउन पनि यसको सेवन गरिन्छ ।