शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका २ को सामाजिक लेखा परिक्षण गरियो ।

बडिमालिका नगरपालिका २ को सामाजिक लेखा परिक्षण गरियो ।

  • आइतवार, साउन १२, २०७६
बडिमालिका नगरपालिका २ को सामाजिक लेखा परिक्षण गरियो ।

बडिमालिका समाचार
बाजुरा १२ साउन  ।  बडिमालिका नगरपालिका वडा नम्वर २ ले आर्थिक वर्ष ०७५÷०७६ मा गरेको योजनाहरुको बर्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण हिजो शनीबार एक कार्यक्रमका विच सर्बजनिक सुनुवाई गरेको छ ।
वडा नम्वर २ मा रहेका २० ओटा योजनाहरु रहेको र सबै योजनाहरु सम्पन्न भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । वडामा ७२ लाख २० हजार बढीका योजनामा काम गरेको बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महत्तले जानकारी दिएका छन् ।
वडा अध्यक्ष महत्तले वडामा भए गरेका काम र योजनाहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए भने अन्य प्रत्य योजनाका अध्यक्षहरुले आआफ्नो योजनाको प्रतिबेदन प्रस्तुत गरेको बताईएको छ ।
सामाजिक लेखा परिक्षणमा वडाका राजनितिक दल, नागरीक समाज,महिला,बालबालिका,अपांग लगाएत गरी सयौको उपस्थिति रहेको अध्यक्ष महत्तले जानकारी दिएका छन् ।
वडामा संचालन भएका योजनाको लागत बढी हुने र योजनामा रकम कम भएकोले धेरै योजनाहरु पुरा हुन नसकेको प्राविधिकको समयमै अनुगमन नहुदा स्थानीय उपभोक्तलाई समयमै भुक्तनी दिन समस्या आएको महत्तले बताए ।
वडामा भोतिक निर्माणका कामहरु बढी भएकोले आयआर्जनका योजनाहरमा जोड दिन स्थानीयले आग्रह गरेका थिए ।
वडामा सवै भन्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको काम प्रभावकारी भएको बताईएको छ । बडिमालिका नगरपालिका २ मा सत्यबादी मावि भौनेराको रंग रोगन र जुगाडा स्वास्थ्य चौकीको घेरबारको लागी पाँच लाख २५ हजार विनियोजीत भएको वडा अध्यक्ष महत्तले बताए ।
बडिमालिका नगरपालिका २ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी ५० जना छनोटमा गरेका थिए । सवै कामदारको राष्ट्रिय बाणिज्य बैड्ढ बाजुरामा खाता खोलेर खाता मार्फत सात सयका दरले दश हजार पाच सय जम्मा गरेको प्रधानमन्त्री रोजगार संयोजक प्रमिला थापाले जानकारी दिईन ।

चर्चामा

सम्बन्धित समाचार