शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • झुलङ्गे पुल संचालनमा ।

झुलङ्गे पुल संचालनमा ।

  • बिहिबार, साउन ९, २०७६
झुलङ्गे पुल संचालनमा ।
झाेलुङ्गे पुलकाे रिबन काटेर उद्घा६न गर्दै बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट

संगीता तिमिल्सेना
बाजुरा ९ साउन । बडिमालिका नगरपालिकाको वडा नं ८ को दुदुली र वडा नं ९ को मोटेडाँडा जोड्ने भैतमी खोलामा रहेको झुलङ्गे पुल संचालनमा आएको छ ।

नगरउपप्रमुख कविता विष्टले पुलको बुधबार एक औपचारिक कार्यक्रमका बिच पुलको उद्घाटन गरेसंगै पुल संचालनमा आएको हो । वर्षायामा स्थानिय बासीलाई उक्त खोलामा आवत जावतमा समस्या हुने भएकाले वडिमालिका नगरपािलका र पिसवीन बाजुराको संयुक्त २७ लाखको लागतमा उक्त पुल निर्माण गरिएको नगरउपप्रमुख कविता विष्टले बताईन ।

गत फागुनबाट निर्माण कार्य सुरु भई जेठ मसान्तमा सक्नुपर्ने भएपनि उपभोक्ता समिति मार्फत निर्माण कार्य संचालन भएको र किसान असारे काममा व्यस्त भएकाले निर्माण सम्पन्न गर्न केही ढिलाई भएको निर्माण समितिका अध्यक्ष गगन बहादुर थापाले बताए । पुल संचालनमा आएसंगै वडिमालिका नगरपालिकाका रिठीजेउड्या, बाह्रलिगं, पाँधे, बाघडाँडा, दुदुली र मोडेडाँडाका ३०० परिवार लाभाम्वित हुने भएका छन् । साथै सोही ठाँउको दुदुलीबाट चिमडे हुँदै भेरेभिडबाट राप्क आउने पैदल बाटोको पनि अनुगमन गरी बाटो मर्मतका लागि ४ लाख रकम विनियोजन गरेको उपप्रमुख विष्टले बताईन ।

चर्चामा

सम्बन्धित समाचार