• होमपेज
  • देश/प्रदेश
  • यसरी डुब्यो काठमाडौंको कलंकी (तस्वीरसहित)

यसरी डुब्यो काठमाडौंको कलंकी (तस्वीरसहित)

  • शुक्रबार, असार २७, २०७६
यसरी डुब्यो काठमाडौंको कलंकी (तस्वीरसहित)

काठमाडौं – तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण काठमाडौंको कलंकी डुबाउ भएको छ ।

बल्खु खोलामा बाढी आएपछि कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी, कलंकीको खशि बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन् ।

कलंकीको अधिकांस स्थान डुबान परेसँगै उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडाहरु पनि बगाएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन ।

यस्तै पानी परिरहे काठमाडौंका अन्य स्थानमा पनि डुबानमा पर्ने देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार