संगीता तिमिल्सेना
बाजुरा २६ असार
वडिमालिका नगरपालिका वडा नं ७ साक्षर घोषणा भएको छ । नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले वडा घोषणा गरेको शिक्षा संयोजक धनलाल पाध्यायले बताउनभएको छ । १५ देखि ६० वर्षसम्मका जम्मा १ हजार ४ सय ११ जनसंख्या रहेको वडामा महिला ६ सय ९३, पुरुष ७ सय १८ रहेका छन् । जसमा साक्षर महिला ६ सय ५१, पुरुष, ६ य ९४ गरी जम्मा १ हजार ३ सय ४५ जना साक्षर रहेका छन् । कुल जनसंख्याको साक्षर महिलाको संख्या ९४ प्रतिशत, पुरुष ९७ प्रतिशत गरी वडामा ९५.३२ प्रतिशत साक्षर भएको वडा सदस्य तथा शिक्षा पाध्यायले बताउनुभयो । नेपाल सरकारले लिएको साक्षर घोषणा वर्ष २०७६ को अभियानलाई सफल पार्नका लागि वडाले पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअघि बाजुरा जिल्लाको खप्तड छेडेदह गाँउपालिका पहिलो साक्षर वडा घोषणा भएको छ । भने दोस्रो साक्षर गौमुल गाउपालिका घोषणा भएको थियो । त्यसैगरी वडिमालिका नगरपालिकाको वडा नं ७ पनि साक्षर घोषणा भएको छ । साक्षर घोषणा गर्नका सरकारले आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्याल्कुलेटर चलाएर हिसाब गर्न सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, १ देखि १ सय सम्मका अंक भन्न र लेख्नसक्ने, मातृभाषा र राष्टभाषा बोल्न र बुझ्न सक्ने लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षर घोषणा गर्न सकिने व्यवस्था रहेको र ति सुचकहरु पुरा गरेकाले वडा साक्षर घोषणा गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । शिक्षा संयोजक धनलाल पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममाकार्यपालिका सलस्यहरु, वडा सदस्यहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारीको सहभागिता रहेको चुथीबाट राजेन्द्र विकले जानकारी दिनुभएको छ ।वडा साक्षर घोषणा कार्यक्रम सेभ द चिल्डेन पिसविन बाजुराको सहकार्य वडिमालिका नगरपािलकाको समन्वय र वडा कार्यालयको आयेजनामा सम्पन्न भएको हो ।