बडीमालिका खवर
सुदुरपश्चिम विश्वविद्यालय अन्तरगत संचालित बाजुरा क्याम्पस बाजुराका क्याम्पस प्रमुख सुरेश पण्डित माथी हातपात भएको छ । प्रमुखलाई सोही क्याम्पसकै उपप्राध्यापक भिम विष्टले सामान्य हातपात गरेको बताइएको छ । क्यापस प्रमुख पण्डितका अनुसार उपप्राध्यापक विष्टले जेठ २०भएको गते ५ दिनको बिदा स्वीकृत गरेर बाहिर जानुभएको र आफुलाई खबरै नगरी बिदा सकिएको ३० दिनपछी आजमात्रै कार्यालयमा हाजिर भएको बताइएको छ । क्याम्पस प्रमुख पण्डितले भन्नुभयो अहिले विश्वविद्यालयले शिक्षकले काम गरे र तोके अनुसारको तलब दिएनन् भन्ने विषयमा विश्वविद्यालयमा मुद्धा दर्ता गर्ने भन्ने प्रकृया अगाडी बढेको र त्यही अनुसार बाजुरा क्याम्पसमा अध्यापन गराई रहेका शिक्षहरुले विल्श्वविद्यालयलाई मुद्धा दर्ता गराउने भनेर छुट्टाछुट्टै फाइलहरु बनाई राखिएका थिए । उहाँ कार्यालयमा आउनुभयो र फाइलहरु हेनै लाग्नुभयो अनि मैले तपाई आप्mनो फाइल हेर्नुहोस् अरुको किन चलाउनुहुन्छ साथीहरु आफै गर्छन् भनेर भन्ने बित्तीकै आफुमाथी अपशब्द प्रयोग गरी हात उठाएको हो । उहाँले पहिलोचोटी हातपात गरिसकेपछी आफुले नजिकै रहेको कुर्सीले छेक्न खोजेको र उल्टै कुर्सी तानेर टाउकोमा प्रहार गरेको प्रमुख पण्डितले बताउनुभयो । पटक पटक यस्तै क्रियाकलाप आफुमाथी भैरहेका छन् । यसपाली चाँही आफुमाथी न्यान दिलाएरै छोड्छु भन्दै क्याम्पस प्रमुखले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताएका छन् । क्याम्पसका प्राध्यापक र प्रमुखबिच हातपात हुँदा कार्यलयको एउटा कुर्सी पनि भाँचिएको छ ।