
सगीता तिमिल्सेना
बाजुरा २३ असार
जिल्लाको हिमाली गाउँपालिकामा संचालन गरिएको ४५ दिने केतुके प्रशोधन तालिम सम्पन्न भएको छ । जिल्ला घरेलु वकास समितिको सहयोग, हिमाली गाउँपालिका र रुड्सेक नेपाल बाजुराको सहकार्यमा ४५ दिनसम्म संचालित तालिममास्थनिय स्तरमा प्रयाप्त मात्रामा पाइने केतुकेलाई प्रशोधन गरी कपडा, विभिन्न किसिमको धागो, टोकरी, डोरम्याट, टोपी, चप्पल, टोपी लगायतका विभिन्न सामग्रीहरु पनि तालिममा उत्पादन गरिएका छन् । गाँउमै तालिम संचालन भएपछि हिमाली गाउँपालिका वडा नं ७ बाँधुका महिलाले तथा पुरषले पनि ४५ दिनसम्म सिप सिक्नुका साथै रोजगारी पनि पाएका थिए । हामी बिहान खाना खाएर तालिममा जान्थ्यौँ, बेलुका धर फर्किन्थ्यौँ हाम्रो लागि तालिमले केही दिनको लागि भएपनि रोजगारी सृर्जना गर्यो तालिममा सहभागि बाँधुकी महिला सर्मिला नेपालीले बताइन् । त्यस्तै अर्का सहभागि विर बहादुर शाहीले कामै नलाग्ने भनिएको केतुकेको(हातीबाडो) को प्रयोगमा पनि स्थानीयले महत्व बुझेको बताएका छन् । उनले भने यो व्यवसाय धेरै राम्रो छ । हामी यसैलाई व्यवसायीक तरिकाले अगाडी बढ्न सक्छौँ । तर हामीलाई तालिममा निरनतरता दिनुका साथै उद्योग संचालन गर्न गाँउपालिकाले सहयोग गर्नुपर्दछ । यता गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जिल्ला घरेलु विकाससंग समन्वय गरी आफलेुे व्यवसायीक तथा उत्पादनमुलक गाँउपालिका र स्थानिय बनाउने बताउनुभएको छ । त्यस्तै जिल्ला घरेलु विकास समितिका उद्योग अधिकृत नर बहादुर खड्काले पनि यो तालिमलाई घरेलुु वर्षै विर्षैपिच्छे प्राथमिकताका साथ प्रदान गर्ने बताउनुभयो ।प्रशोधन तालिममा वडा नं ७ बाँधुका ६ महिला र ११ जना पुरुषको सहभागिता रहेको जिल्ला घरेलु विकास समितिका वरिष्ठ उद्यम विकास अधिकृत पदम ऐरले बताउनुभयो । वडा अध्यक्ष जय बहादुर अधिकारीको अध्यक्षतामा स.चालन भएको तालिम समापन कायृक्रममा हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथी जिल्ला समन्वय समितिका सदस्य दलविर बुड्थापा, जिल्ला घरेलु विकास समितिका उद्योग अधिकृत नर बहादुर खड्का,रहनुभएको थियो । त्यसैगरी अतिथीमा गााउपालिकाका प्रवक्ता रमेश विक लगायत गााउपालिकाका सम्पूर्ण जनप्रतिनिधि, जिल्ला धरेलु विकास समितिका पदाधिकारी, रुड्सेक नेपालका पदाधिकारीको सहभागिता रहेको थियो ।
