लक्ष्मीराज पाध्याय
बाजुरा २० असार
सत्तापक्षका सासंद भएपनि सत्तापक्षले बजेटमा बाजुरा जस्तै पछाडी परेका क्षेत्रलाई बिभेद गरेको भन्दै संसदमै रातो किताब फिर्ता गरेर चर्चामा आएका सासंद लाल बहादुर थापा यति बेला गृह जिल्ला बाजुरामा ब्यस्त छन् । सासंद थापा बाजुरा पुगे बितिकै बिकास निर्माण र जिल्लाको सम्रग विकासका बारेमा छलफलमा ब्यस्त रहेका छन् । सासद थापाले बाजुराका बिभिन्न सवालका बारेमा बिभिन्न पक्षहरु सँग छलफल गरेको नेकपाका बाजुराका नेता काशि बिकले वताएका छन् ।
गफ गरेर मात्र नभई बाजुराको विकासमा सबैले एक भएर लाग्नु पर्ने भन्दै जिल्ला स्थित सम्पुर्ण सरोकारवाला सँगको छलफलमा ब्यस्त रहेका छन् । जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको प्रथम जिल्ला सभामा बाजुरा पुगेका थापा बाजुराको बसाई बिभिन्न मुद्धा र सवालमा ब्यस्त बनेका छन् । काठमाडौ जानुपर्ने अनिवार्य छ, तैपनि जिल्लाको बसाईमा विकासका बारेमा बिभिन्न सरोकारवाला सँग छलफल भइरहेको सासंद थापाले वताए ।
शुक्रवार मात्र पाटिका जिल्ला स्तरका नेता र संगठनहरु सँग सरकारका निति तथा कार्यक्रमका बारेमा छलफल गरेका थिए । दिउसो जिल्लामा कर्मचारी हरुसंगको भेटघाट गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाजुराको हलमा संचालन भएको कार्यक्रममा जिल्लामा भएका बिकाश गतिबिधीको बिषय लिएर छलफल गरिएको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले वताएका छन् । सघिंय सासंद थापाले जिल्लामा हुने बिकास गतबिधिमा अबरोध गर्ने जो सुकै होस कार्यवाहिको भागीदार बन्नुपर्छ र यसको पुण जिम्मेवार जो हो उसैले लिनुपर्ने बताएका छन् ।
पछिल्लो समय स्थानीय तहरुले मनोमानी रुपमा कुनै वातावरणीय मुल्याङकन नगरी सडक खन्ने काम गलत भएको र यसको क्षेतीपुर्ती स्थानीय तहले ब्यहोर्नुपने बताएका छन् । जिल्ला सदरमुकाम मार्तडीमा आयोजित सर्बदलीय सर्बपछिय बैठकमा सासद थापाले जिल्लामा पछिल्लो समय चलेको डोजर आतङक बन्द गर्न आग्रह गरेका छन् । त्यस्तै जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानी सेवा संचालन नियमित गर्ने सम्बन्धमा ०७४।३।४ मा भएको सर्बदलिय निर्णय अनुसार भाद्र मसान्त भित्र खानेपानी संचालन र ब्यबस्थापन गर्न निर्देशन दिएका छन ।
त्यसै गौडा डिल देखी खुला मंचसम्मको ढलान भएको सडकमाथी राखिएको माटो तत्काल हटाउनुपर्ने र त्यसको जिम्मेवार बडिमालिका नगरपालिका रहने बैठकमा निर्णय भएको छ । बन कार्यालय देखी जिल्ला अस्पताल सम्मको जाने रिङरोड हिलाम्मे भई बिरामीहरुलाइ आवतजावतमा समस्या भएको र अस्पातालको भवन निर्माणमा समेत बाधा पुगेकोले उक्त सडक सिघ्र निर्माण गरि गर्ननुपर्ने र बडीमालिका नगरपालिकाले त्यसको जिम्मेवारी लिनुपर्ने बैठकको निर्णय भएको छ ।
जिल्ला खेलकुद बिकास समितिको कर्भड हल निर्माण कार्यको ठेक्का भईसकेको र त्यसको कार्यमा ढिलाई गर्ने ठेकेदारको ठेक्का सम्झौताको म्याद थप नगर्न प्रचलित कानुन अनुसार कार्बाही गर्न पुनः ठेक्का समेत लगाउन बडिमालिका नगरपालिका कार्यपालिका र जिल्ला खेलकुद बिकास समतिलाई सिफारीस गर्ने निणय गरेको प्रमुख जिल्ला अधिकारले बताएका छन् । कुनै पनी निर्माण कार्य सुरु गर्नु अगाडी बिस्तृत परियोजना प्रतिबेदन डिपीआर र प्रारम्भीक वातावरण परिक्षण र वातावरण प्रभाव मुल्याङकन गरेर मात्र सोको आधारमा कार्यन्वयन सबै स्थानीय तहलाई सुचित गर्ने निर्णय भएको बताईएको छ । सासंद थापा बाजुरा आएर केही महत्वपुर्ण निर्णय भएको नेकपा बाजुराले जनाएको छ ।