ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार १४विक्रमसंवत २०७६ साल आषाढ १४ गते शनिवार तदनुसार २०१९ जुन २९ तारिख आषाढ कृष्ण पक्ष द्वादशी तिथि भोलिविहान ३। २८ उप्रान्त चतुर्दशी तिथि भरुणि नक्षत्र विहान ८ । ११ उप्रान्त कृर्तिका नक्षत्र धृति योग राति ८ । ५७ उप्रान्त शूल योग कौलव करण आनन्दादि योगमा ध्वाक्ष योग चन्द्रमा मेष रासिमा दिउसो २ । २३ सम्म उप्रान्त बृष रासिमा काल वेला विहान ६ । ४२ सम्म आज चन्द्रमा पूर्व हुदै दक्षण जाने भएकोले कामगर्दा पूर्वफर्केर यात्रापूर्वको भएमा सिध्दै अन्यभएमा केहि पूर्वगएर गर्नुवेश ॐ श्रीं ह्रीं क्लीं ग्लों क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ हं हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः यो ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गर्दा सहज सरल हुनेछ । केहि समय देखि देशमा संकट आइरहेकोले देश र जनताको हितका लागि यो मन्त्र पढनु राम्रोहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग पनि दिउसो विवाद वढ्ने धन नास हुने योग
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ । दिउसो मनो वल बढ्नुको साथै मान सम्मान मिल्ने योग
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लाभ प्रद कार्यममा हुने सफलताले सरिरमा स्फुर्ति र मनमा प्रसन्नता बढाउनेछ बौध्दिक कार्यमा लाभ मिले पनि दिउसो काममा गरेको प्रयास सफल हुनेछैन विस्वासमा धोकाहुने खर्च र विबाद बढ्ने योग
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुभयमा आँटेका काम सबै पुराहुनेछन
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विहान भाग्य कम्जोर भएकोले परिश्रम गरेर सफलता पाउन नसके पनि दिउसो प्रयत्नले सामाजिक काममा उपलब्धीको अवसर मिल्नेछ मनमा बढने हौसलाले शत्रु लाइ कम्जो र आफुलाइ वलियो बनाउनेहुदा समयराम्रोछ
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ दिउसो अरुको मन जित्न सकिनेछैन स्वास्थमा बाधा काममा अवरोध आउने योग
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिश्रम बुध्दि लगाएर अघि बढ्दा पनि अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन संयम हुनु होला
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विहान बौध्दिकक्षेत्र कम्जोर रहने छ सोचेको कुराले सफलता नपाउने हुनाले महत्व पूर्ण काम दिउसो गर्नु उचित हुनेछ । परिश्रमले अरुलाइ विस्वासमा परेर अघिबढ्न सकिनेछ धन कमाउन सकिने छ
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवारले सहयोग नगर्दा आत्म विस्वास घट्नेछ मित्रहरुले असहयोग गर्नेछन शत्रु बढनाले आटेको काममा सजिलै सफलता मिल्नेछैन संयम भएर काम गर्नु वेश हुनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने योग दिउसो ठूलाव्यक्तिसङ्ग अन्तरकृयाले र घरेलु समस्याले चिन्ता वढाउने छ
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र चिन्ता बढ्नेछ दिउसो अरुको विस्वसपनि आफुप्रति रहने कामराम्रोहुने भएकोले सफलताको लागि प्रयासगर्नु होला