• होमपेज
  • देश/प्रदेश
  • भारतबाट आयात रोकिएपछि कैलाली, कञ्चनपुरमा तरकारी र फलफूलको मूल्य आकासियो

भारतबाट आयात रोकिएपछि कैलाली, कञ्चनपुरमा तरकारी र फलफूलको मूल्य आकासियो

  • बुधबार, असार ११, २०७६
भारतबाट आयात रोकिएपछि कैलाली, कञ्चनपुरमा तरकारी र फलफूलको मूल्य आकासियो

कैलाली, कञ्चनपुरमा भारतिय तरकारी तथा फलफुल आयातमा रोक लगाएसंगै वजारमा तरकारी तथा फलफुलको मूल्य आकासिएको छ। सुदूरपश्चिम क्षेत्रमा तरकारी तथा फलफूलको उत्पादन माग अनुसार नहुँदा व्यवसायीहरुले आफुखुसी मूल्य बढाएका हुन्। भन्सार विभागले असार २ गते नै परिपत्र गरेर विषादी परिक्षण विना भन्सार कार्यालयहरुलाई भारतीय तरकारी तथा फलफूल आयातमा रोक लगाउन निर्देशन दिएपछि आयातमा रोग लागेको थियो।

सरकारले स्वागतयोग्य निर्णय गरेपनि अत्याधिक माग र उत्पादन कम हुने समयमा बजारमा तरकारीको अभाव भएपछि मूल्य आकासिएको धनगढीका ललित सिंह ठकुराठीले बताए। ‘एक किलो टमाटर खरिद गर्न आउँदा मूल्य एक्कासी बढेपछि एक पाउँ लगेर जानु परेको छ,’उनले भने, ‘तरकारी र फलफूल व्यवसायीहरुले अभाव भईरहेको बताउँदै मूल्य ह्वात्तै बढाएका छन्।’ दैनिक उपभोग हुने आलु, प्याज, हरियो तरकारी, खुसार्नी, कागती, आँप लगायतका तरकारी र फलफूलको मुल्य दोब्बरले बृद्धि भएको धनगढीमा तरकारी पसल संञ्चालन गर्दै आएका गोविन्द मल्लले बताए।

‘अहिले बजारमा मूल्य बढेर करेला प्रतिकिलो ४० बाट ८०, टमाटर ५० बाट ८० पुगेको छ भने अन्य तरकारी र फलफूलको समेत मुल्यबृद्धि भएको छ।’ उनले भने, ‘भारतबाट तरकारी र फलफूलको आयातमा रोक लगाएर मात्रै हुँदैन सुदूरपश्चिमलाई तरकारी र फलफूलको उत्पादनमा आत्मनिर्भर पनि बनाउन आवश्यक छ। क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएका सबै फलफूल तथा तरकारी आयातमा प्रतिवन्ध लागेपछि धनगढीमा आवश्यक पर्ने तरकारीको अभाव समेत भएको छ।’

केही सुदूरपश्चिमकै पहाडी जिल्लाबाट तरकारीको तराईमा आयात भएपनि विचौलियाका कारण तरकारीको मूल्य ह्वात्तै बढेको छ। तत्कालका लागि सुदूरपश्चिम तरकारी र फलफूलमा आत्मनिर्भर नभएकाले भन्सारमा क्वारेन्टाइन चेकजाँच गर्ने प्रयोगशाला स्थापना गर्नुपर्ने हो। तर सम्वन्धित निकायले भने आफ्नो मातहतमा रहने गरि विषादी जाँच गर्ने प्रयोगशाला स्थापना गर्नमा कुनै चासो दिएको छैन्। कैलाली भन्सार कार्यालयका निमिक्त प्रमुख गोपीकृष्ण उप्रेतीले पनि सो कुरा स्विकार गरे।

दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार