बलिउड अभिनेत्री सन्नी लियोनी अहिले एउटा भिडियोका कारण चर्चामा छिन् । उक्त भिडियोमा उनले भोजपुरी भाषा बोलिरहेको देखिएको छ । सनी लियोनी चाँडै नै एउटा दक्षिण भारतीय फिल्म ‘कोकाकोला’ मा देखिंदैछिन् ।
सन्नीको उक्त फिल्म हरर-कमेडी जनराको छ, जसमा उनी उत्तर प्रदेशकी स्थानीय युवतीको भूमिकामा प्रस्तुत हुँदैछिन् । सनीले जुन भिडियो शेयर गरेकी छिन्, त्यसमा उनी यूपी-बिहारमा बोलिने बोली बोल्दै गरेको देखिएको छ । भिडियोमा उनले बोलेकी छिन्-‘ओए का बे । काम कर मुझे छोड । अर्थात, ‘ओए, के भयो ? काम गर, मलाई छोड ।’ भिडियो शेयर गर्दै सनीले लेखेकी छिन्-‘जब तपाईं आफ्नो भूमिकामा डुबिरहनु भएको हुनेछ…।’
सन्नी लियोनीले भोजपुरी भाषामा बालेको उक्त भिडियो प्रसंशकहरुलाई समेत निकै मन परेको छ । फिल्म ‘कोकोकोला’ पनि सनी चाँडै नै दुई नयाँ फिल्महरु रंगीला तथा वीरामादेवीमा पनि अभिनय गर्दैछिन् ।