• होमपेज
  • बाजुरा बिशेष
  • ग्रामिण जलश्रोत परियोजना र पाँच स्थानीय तह बिच सम्झौता

ग्रामिण जलश्रोत परियोजना र पाँच स्थानीय तह बिच सम्झौता

  • आइतवार, असार ८, २०७६
ग्रामिण जलश्रोत परियोजना र पाँच स्थानीय तह बिच सम्झौता

बडीमालिका खवर
बाजुरा ८ असार
बाजुरा जिल्लामा रहेको पाँच ओटा स्थानीय तह र ग्रामिण जलश्रोत परियोजना बिच एक कार्यक्रमका बिच कार्यक्रमका लागि सम्झौता भएको छ । बिगत लामो समयदेखी जिल्लाका बिभिन्न स्थानीय तहमा काम गर्दै आएको परियोजनाले थप कार्यक्षेत्र बिस्तार संगै कार्यक्रम गर्नकाका लागि सम्झौता गरेको हो । बाजुरा जिल्लामा त्रिबेणी नगरपालिकाको साबिकको छतारा गाबिसबाट काम सुरु गरेको परियोजनाले जिल्लामा स्थानीय तह भईसकेपछी स्वामीकार्र्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकामा काम गर्दै आईरहेको थियो । आगामी बर्षदेखी जिल्लाका हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, छेडेदह गाउँपालिका, बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा पनी कार्य बिस्तार गर्न परियोजना र स्थानीय तहका प्रमुख तथा अध्यक्ष बिच सम्झौतामा हस्ताक्षेर गरेको परियोजना जिल्ला सल्लाहकार नरबीर ऐडीले बताएका छन् ।


जिल्लाका बिभिन्न स्थानीय तहमा ग्रामिण जलश्रोत परियोजनाले खानेपानी सरसफाई स्वास्थ्य कृर्षी जीबीकोपार्जन लगायतका क्षेत्रमा काम गर्दै आएकोले यो परियोजना जिल्लाका सबै स्थानीय तहका लागी आबस्यक भएकोले सबै स्थानीय तहमा कार्यक्षेत्र बिस्तार गर्नुपर्ने भएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायोले बताए ।
ग्रामिण जलश्रोत परियोजना नेपाल सरकार, यृुरोपेली सघं र फिनिल्याण्ड सरकारको सयूक्त लगानीमा संचालित परियोजना हो यो परियोजनाले देशभरका अछाम, बाजुरा, बैतडी,बझाङ्ग, डडेलधुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला र कैलालीमा यो परियोजनाले काम गर्दै आएको परियोजना जिल्ला सल्लाहकार नरबीर ऐडीले बताएका छन् । यो परियोजना र फिनिल्यण्ड सरकारको सहयोगमा प्राबिधकि तथा आर्थिक सहयोग गरि निरन्तर सहयोग गरेको परियोजनाले बताएको छ ।
परियोजनाले जलश्रोत ब्यबस्थापनमा खानेपानी र सरसफाईका अतिरिक्त पानीमा आधारित जीबीकोपार्जनका क्रियाकलापहरुमा सहयोग गरेको बताईएको छ । परियोजनाले स्थानीय तह भईसकेपछी परियोजनाको सहयोगमा संचालित क्रियाकलपाहरुप्रति समुदायको अपनत्व स्थपना गरि दिगोपना कायम गर्न स्थानीय स्तरमा संचालन हुने निर्माण तथा अन्य क्रियाकलापहरुको योजना तर्जुमा, कार्यान्वयन संचालन तथा मर्मत सम्भार गर्ने कार्य गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार