• होमपेज
  • शिक्षा
  • एसइई परीक्षाफल चाडै प्रकाशित हुदै, कहिले हुन्छ परिक्षाफल प्रकाशित ??

एसइई परीक्षाफल चाडै प्रकाशित हुदै, कहिले हुन्छ परिक्षाफल प्रकाशित ??

  • आइतवार, असार ८, २०७६
एसइई परीक्षाफल चाडै प्रकाशित हुदै, कहिले हुन्छ परिक्षाफल प्रकाशित ??

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।

अहिले देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताउनुभयो । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस

टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा जन्मकैद भोगिरहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अहिले उनको वीर अस्पताल उपचार भईरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाधेरै अस्पताल पुर्याईएको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।

चौधरी लामोसमय अघिबाट हाडजोर्नीको समस्याबाट ग्रसित थिए । पछिल्लो समय आएर उनमा अझै धेरै समस्या देखिएपछि उनलाई १५ दिनदेखि वीर अस्पतालमै राखेर दैनिक थेरापी गराईदैछ । उनको शरिर नै कुप्रो परेपछि चौधीलाई हिजो बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको थियो ।

चौधरी गत बर्ष सम्पन्न प्रतिनिधिसभाको चुनावमा भारी मतका साथ विजयी भएका थिए । उनी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद् पनि हुन् । २०७२ भदौ ७ गते टीकापुरमा सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले उनलाइ प्रमुख दोषी मानेको थियो । उनी १ बर्ष ५ महिनादेखि डिल्लीबजार कारागारमा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार