• होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका खबरका प्रकाशक तथा सामाजिक अभियान्ता सम्मानित

बडिमालिका खबरका प्रकाशक तथा सामाजिक अभियान्ता सम्मानित

  • शनिबार, असार ७, २०७६
बडिमालिका खबरका प्रकाशक तथा सामाजिक अभियान्ता सम्मानित

बडीमालिका खवर
बाजुरा ७ असार
बडिमालिका खबरका प्रकाशक तथा सामाजिक अभियानता प्रकाश सिंह सम्मानित भएका छन् । एसोएस वालग्राम इन्टरनेशनलकाे ७० औ स्थापना दिवस र एसोएस वालग्राम इन्टरनेशनलका पिता Pro.Dr. Hermann Gmeiner काे सयाै जन्मजयन्तिकाे अबसरमा सम्मानित भएका छन् । एसोएस बालग्राम धनगढीले गरेको स्थापना दिवसमा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका प्रमुख नृप बडले दोसल्लाह सहित सम्मान पत्र दिएर सम्मान गरेको छ । सिहं नेपाल पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्ष समेत हुन् ।
सिंहले वालवालिका र सम्रगमा पछाडी परेका वर्गका बारेमा कलम चलाएको भन्दै उहाँलाई सम्मानित गरेको एसोएस वालग्राम धनगढीका प्रमुख पदम हमालले वताएका छन् । बाजुरा जस्तो बिकट जिल्ला बसेर एक दशक देखि पत्रकारीता सँगै सामाजिक सेवामा तल्लिन भएको भन्दै सम्मान गरेको एसोएसले जनाएको छ ।
सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन ४६ जना वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले पत्रकारिता पेशासंगै मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै चौडा वनाएको स्थानियले वताएका छन् ।
स्वास्थ्यकर्मीको पृष्ठभुमि बोकेका प्रकाश यतिवेला समाचार अनि सामाजिक अभियान मार्फत बाजुराका दर्जनौ मानिसलाई लाखैं रुपैंया बराबरको सहयोग गरेका छन् । गरिव, अशाह्य र अशक्त भएकै कारण स्कुल छोडेका वालवालिकाको उद्धार पनि उत्तिकै गरेका छन् । समाजमा कतिपय मानिस आफु वांच्न हरेक तिक्डम गर्छन् तर, प्रकाश भने बैठकमा उपस्थित भएबापत पाउने भत्ता पनि असाह्य महिलालाई सहयोग गर्दै आएको पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितले वताए ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका प्रकाशले बैठक गोष्ठिमा उपस्थित भएवापत पाएको ४३ हजार २ सय रुपैंया बैठक भत्ता पनि बडिमालिका नगरपालिका राप्ककी एकल महिला पारु थापालाइ बाख्रा पालनका लागि हस्तान्तरण गरे । केही रकम उपचार नपाएर अलपत्र रहेका बिरामी लगायतका असाह्यलाई हस्तान्तरण गरे । सिंहले पैशा दिएकै कारण एकल महिला थापाले बाख्राापालन ब्यबसायबाट राम्रो आम्दानी गरेकी छन् ।
अधिकारकर्मी गोरख सार्कीले भने प्रकाश साँच्चै भगवान रहेको उहाँको कारणले धेरैको ज्यान बाँचेको वताए । त्यसैगरी बुवाको मृत्यु पछि आमाले दोस्रो विहे गरी हिडेपछि सहराविहिन भएका पांच भाइबहिनीको उद्धार गरी अहिले भक्तपूर स्थित एसोएस बालग्राम , माईतीनेपाल मा अध्ययनरत छन् । बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएर अलपत्र रहेका १६ जनालाई सहयोगवापत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन् । प्रकासको अभियानमा सहयोगी हात जुटाएर उनिहरुले नयां जीवन जिउन पाएका छन् ।
बिगत एक दशक देखी पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन् । पछिल्लो समयमा दुखी विरामी पत्ता पलागाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनीकी बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार