• होमपेज
  • देश/प्रदेश
  • नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश प्रथम साधारण सभाबाट १० बुदे घाेषणा पत्र जारी के के छन निर्णय हेर्नुहाेस

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश प्रथम साधारण सभाबाट १० बुदे घाेषणा पत्र जारी के के छन निर्णय हेर्नुहाेस

  • शनिबार, असार ७, २०७६
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश प्रथम साधारण सभाबाट १० बुदे घाेषणा पत्र जारी के के छन निर्णय हेर्नुहाेस

संघीय ढाँचामा गएपछि पत्रकार महासंघको प्रदेश स्तरिय प्रथम साधारण सभा मिति २०७६ असार ६ गते धनगढीमा ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश प्रथम साधारण सभाबाट जारी घोषणा–पत्र तयार गरेकाे छ । जसमा  मुलुक संघीय संरचनामा गएसँगै श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ समेत संघीय ढाँचामा प्रवेश गरेको छ । संघीय ढाँचामा गएपछि पत्रकार महासंघको प्रदेश स्तरिय प्रथम साधारण सभा मिति २०७६ असार ६ गते धनगढीमा ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लावाट सहभागी प्रदेश सभा पार्षद, जिल्ला अध्यक्ष, केन्द्रिय महासचिव, केन्द्रिय कोषाध्यक्ष र नेपाल पत्रकार महासँघ सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, नेपाल पत्रकार महासँघका पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा भएको निर्णयको आधारमा यो घोषणापत्र जारी गरिएको छ ।
१) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको प्रथम साधारण सभा जोडदार माग गर्दछौं । साथै, संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रकारका नीति तथा कानून नल्याउन यो साधारण सभा पुनः सरकारको ध्यानाकर्षण गराउँदछ ।
२) महासंघ, सुदूरपश्चिम प्रदेशको यो पहिलो साधारण सभा सरोकारवालाहरुसंगको व्यापक छलफल सहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्नेगरी छिटोभन्दा छिटो समयसापेक्ष नयाँ राष्ट्रिय सञ्चार नीति ल्याउन पनि जोडदार माग गर्दछ ।
३) यो साधारण सभा श्रमजिवी पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेण्टी र न्युनतम पारिश्रमिक लागु गर्न सरोकारवालाहरु सँग माग गर्दछ ।
४) बिगतदेखि केन्द्रिकृत रुपमा रहेका संचार क्षेत्र सँग सम्वन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोग लगायतका निकाय प्रदेश स्तरमा स्थापना गर्न यो साधारण सभा माग गर्दछ ।
५) समानुपातिक विज्ञापन प्रणाली लागु गरी स्थानीय विज्ञापन स्थानीय संचार माध्यममा प्रकाशन प्रशारण गर्ने नीति बनाउन प्रदेश सरकारसँग यो साधारण सभा जोडदार माग गर्दछ ।
६) पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन तथा पालना गर्न सम्पूर्ण पत्रकारलाई यो साधारण सभा आव्हन गर्दछ । यसका साथै केन्द्रिय समितिको परिपत्र र पत्रकार महासँघको बिधान बमोजिम लामो समयदेखि पत्रकारितामा क्रियाशिल नरहेका तर महासँघको सदस्य रहेका सदस्यहरुलाई सदस्यता नविकरण नगर्न, नगराउन सबै शाखाहरुलाई यो साधारण सभा ध्यानाकर्षण गराउँदछ ।
७) बिगतका दिनमा राज्यबाट उपेक्षामा पारिएका कारण सबै भन्दा बढी गरीवि, वेरोजगारी, मानव विकास सूचांकमा पछाडी रहेको सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई संविधानमा प्रदत्त मौलिक अधिकार व्यवहारमा लागु भएको अनुभुती गराउन यो साधारण सभा तीनै तहका सरकारसँग माग गर्दछ ।
८) सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा संचारकर्मी र संचारक्षेत्रको क्षमता अभिवृद्धी, प्रवद्र्धन र पत्रकार कल्याण कोष स्थापनाको लागी आकर्षक बजेट बिनियोजनका लागी यो साधारण सभा, प्रदेश सरकार र स्थानीय सरकारहरुसँग माग गर्दछ ।
९) महासंघको यो सुदूरपश्चिम प्रदेशको पहिलो साधारण सभा सुदूरपश्चिमको पत्रकारिताको समानुपातिक तथा समावेशी विस्तार र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रदेश तथा स्थानीय सञ्चार नीति अविलम्ब ल्याउन माग गर्दछ ।
१०) यो साधारण सभा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण निकाय, जिल्ला शाखाहरुको साथै आतिथ्य शाखा कैलाली, झोला उपलब्ध गराउने कञ्चनपुर शाखा, टोपी उपलब्ध गराउने बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड र स्टेशनरी उपलब्ध गराउने प्रतिक बुक्स एण्ड स्टेशनर्श, टीकापुर सहित सम्पूर्ण संघसंस्था तथा महानुभावमा धन्यवाद ज्ञापन गर्दछ ।

लगायतका निर्णय गरेकाे पत्रकार महासघ सुदुरपश्चिम प्रदेशकाे फेशबुक मार्फत सार्बजनिक गरेकाे

पत्रकार महासघ सुदुरपश्चिम प्रदेशकाे फेशबुक पेज Fnj Seven Pradesh    बाट शाभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार