• होमपेज
  • बाजुरा बिशेष
  • खानेपानीको माग राख्दै सदरमुकामबासी आन्दोलनमा, नगरपालिकामा तालाबन्दी प्रशासनमा ज्ञापन पत्र

खानेपानीको माग राख्दै सदरमुकामबासी आन्दोलनमा, नगरपालिकामा तालाबन्दी प्रशासनमा ज्ञापन पत्र

  • बुधबार, असार ४, २०७६
खानेपानीको माग राख्दै सदरमुकामबासी आन्दोलनमा, नगरपालिकामा तालाबन्दी प्रशासनमा ज्ञापन पत्र

बडीमालिका समाचार
बाजुरा ४ असार
सदरमुकाम मार्तडीमा रहेको बृहत खाने पानी अयोजनाको पाइप सडक निर्माणको बेला काटी दिएपछि सरमुकाममा खानेपानीको हाहाकार भएपटि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
तत्काल खानेपानीको ब्यबस्थापन गर्नुपर्नुे माग सहित बजार बासीले बडीमालिका नगरपालिकामा तालाबन्दी समेत गरेका छन् । बाजुराको सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको सडक निर्माण क्रममो पाइपलाईन डोजरले तोडेपछि महिना दिन देखी बाजुरा सदरमुकाममा खानेपानीको चरम अभाव भएको ब्यापारी हंशबहादुर सिंहले बताए । खानेपानी आज आउछ भोली आउछ भन्दै नगरपालिकाले ब्यवास्था गरेकोले बजार बासीले आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
जिल्ला सदरमुकममा आन्दोलनको नाराबाजी सहित बडीमालिका नगरपालिकाको मुल ढोकामा तालाबन्दी समेत गरेका छन् । सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले मार्तडी झराउले रिङरोड बनाउन सडक निर्माणको क्रममा मुहानबाट आएको खानेपानी पाइपलाईन जथाभाबी काटेर फाल्दा उपभोक्ता खानेपानी एक महिनादेखी समस्यामा परेको स्थानिय ब्यापारी सुरेन्द्र नाथले बताए ।
मार्तडीमा रहेको बृहत खानेपानीको पाइप डोजरले काटेर छेदबिछेद हुने गरी बिकास निर्माण नभई बिनास निम्त्यउने जो सुकैलाई कार्बाही गर्नु पर्ने स्थानीय मीना बिकले बताईन । खानेपानीको पाइपलाईन भएको ठाउँमा डोजर प्रयोग गरेर खानेपानीको पाइप समेत काटीदिएपछि जिल्ला सदरमुकाममा खानेपानीको हाहाकार भएको र यसको तत्काल समाधान नगरपालिकाले गर्नुपर्ने भन्दै नगरपालिकाका दुबै मुलगेटमा ताला लगाएको उपभोक्ता हिक्मत रोकायाले बताए । बडीमालिका नगरपालिकाले खाने पानी भन्दा पनि सडकलाई प्रथमिकता दिएको र खानेपानीको संरक्षणमा ध्यान नदिएका कारण एक महिनादेखी खानेपानीको हाहाकार भएकोले आन्दोलन गर्न बाध्य भएको बजार ब्यबस्थापन समितिका उपाध्यक्ष धनकृष्ण बिकले बताएका छन् । बडीमालिका नगरपालिकाको बजेटबाट सडक बिस्तार भयो तर खानेपानीको लाइनमै सडक काटीनु भनेको दुखद बिषय रहेको उपाध्यक्ष बिकको भनाई रहेको छ ।
सदरमुकाम मार्तडीमा यसरी खानेपानीको चरम अभाव भएपछि सदरमुकाममा बसोवास गर्ने करिव १७ हजार बढी जनसंख्या खानेपानी पिउनबाट बन्चित हुनु मानव अधिकारको हनन भएको बताएका छन् । खानेपानीको समाधान तत्तकाल हुनपर्छ हामी सबैको जोडदार माग हो स्थानीय बजारबासीले बताएका छन् । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नकै लागि करोडौं खर्च गरिसकेको छ तर पनि सदरमुकाम मार्तडी बासीले खानेपानी प्रयाप्त मात्रामा उपभोग गर्न नपाएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।
सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले घण्टौँ सम्म समय बिताउनुपर्दा घरमा गर्नुपर्ने अन्य काम धन्दा गर्नको लागि निकै नै कठिनाइ हुने गरेको र यसले खासगरी यहाँका महिला र बालबालिकाको कार्यबोझ बढाएको दलित अधिकारकर्मी गोरख शार्कीको भनाई रहेको छ ।
एक महिनादेखी सदरमुकामबासीले खानेपानी बाउली खोला र थापाबाडा जानपरेको छ । यता केही होटलमा पानीको अभाव हुदा नजिकै रहेको बिद्युतको नहरको फोहर पानी समेत खुवाउने गरेको स्थानीयले बताएका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि सदरमुकामबासीले आदा घन्टा हिडेर घन्टौसम्म लाइनमा बस्ता पनी चाहिनेजती पानी भर्न नपाएको, एउटै धारोमा पानी सयौ जनाले पानी भर्नु परेको र प्रयाप्त मात्रामा खानेपानी नपाईएको बडीमालिका नगरपालिका ९ कि झरना विकले गुनासो रहेको छ । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापनकै लागि करोडौं रकम खर्च गरिसकेको बताउँदै आएको छ । तर पनि सदरमुकाम मार्तडीबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न नपाएको बताउँदै आएका छन् । यता वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक सुर्य्किरण विकले भने सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्त भित्र व्यवस्थापन गरिने छ । एक महिनादेखीको समस्यालाइ हामीले मध्यनजर गरि तत्काल खानेपानी ब्यबस्थापनमा जुटेको बताए । सदरमुकाम मार्तडीमा खानेपानीको अभाव देखिए पनि छिट्टै सदरमुकामबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न पाउने व्यवस्थापक विकले बताए ।
जिल्ला सदरमुकाम मार्तडीभित्र बडीमालिका नगरपालिका ८ र ९ नम्बर वडा पर्दछन । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार खानेपानी उपभोग गर्नका लागि सदरमुकाम मार्तडीमा सरकारी तथा गैर सरकारी कार्यालय र स्थानीयहरु गरि झण्डै ४ सय बढी ग्राहकहरु बनेका छन् । जिल्लाको सदरमुकाम मार्तडी भएकै कारण सदरमुकाम मार्तडीमा जनसंख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने बडीमालिका नगरपालिकालाई सदरमुकाम मार्तडीमा खानेपानी प्रयाप्त मात्रामा उपलव्ध गराउन कठिनाई हुने देखिएको छ ।
बाजरा बासीले जिल्ला प्रशासन कार्यलयमा धर्ना दिनुका साथै खानेपानीको माग सहितको ज्ञापन पत्र बुझाएका छन् । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले चार बजे सरोकारवाल बोलाएर बैठक गरेर के कति कारणले पानी नआएको छलफल गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार