बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • खेलकुद
  • ठेकेदार, खेलकुद र नगरपालिकाको लार्पवाहीले कर्भडहल निर्माण अलपत्र

ठेकेदार, खेलकुद र नगरपालिकाको लार्पवाहीले कर्भडहल निर्माण अलपत्र

  • बुधबार, असार ४, २०७६
ठेकेदार, खेलकुद र नगरपालिकाको लार्पवाहीले कर्भडहल निर्माण अलपत्र

पदमबहादुर सिह
बाजुरा ४ असार । बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । ठेकेदार, खेलकुद विकास समिति र नगपालिकाको चरम लार्पवाहीले अलपत्र परेको स्थानियको आरोप रहेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनि सम्बन्धित निकायको चासो नहुदा अलपत्र परेको हो ।
२ महिना अगाडी दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनि असार आउन लाग्दा अहिलेसम्म निर्माण प्रकिया अगाडी नबढेको स्थानीयले वताएका छन् । डिबि कन्ट्रक्सन एण्ड अडर सप्लायर्स को ५० लाख र बडिमालिका कन्ट्रक्सन एण्ड अडर सप्लार्सले ४० लाख बराबरको काम गर्ने भनि ठेक्का पाएका थिए । डिबि कन्ट्रक्सनले चैत १५ गते सम्झौता गरेको थियो भने बडिमालिका कन्ट्रक्सन चैत ८ गते काम गर्ने सम्झौता गरेको थियो । सम्झौतामा असार १५ गते सक्ने भनेको भएपनि असार महिना लागिसक्दा सम्म कुनै पनि काम गर्ने शुरसार नभएको खेलकुद विकास समिति बाजुराका कार्यलय प्रमुख लक्ष्मी बढुवालले वताएकी छन् ।
४० लाखको सुचना खेलकुद विकास समिति र ५० लाखको सुचना नगरपालिकाले प्रकाशित गरेको थियो । टेन्डर निकाल्नमा अल्झिएका यी दुबै कार्यलयले अन्तमा फरक फरक सुचना निकालेका थिए । खेलकुद विकास समितिले निकालेको ठेक्का त खेलकुद विकास समितिको संलग्नतामा ठेक्का मिलोमताेमा बडिमालिका कन्ट्रक्सन मिलाएको आरोप समेत लागेको थियो ।
स्थानीय पुर्बाधार अन्र्तगत सासंद लालबहादुर थापाको सासंद बिकास कोषबाट पचास लाख र खेलकुद परिषदबाट चालिस लाख बजेट बिनियोजन भएको खेलकूद विकास समितिले जनाएको छ । बजेट आएर निर्माणको टेन्डर र सम्झौता भएको दुई महिना बितिकस्दा पनि ठेकेदारले ब्यवास्था गरेको खेलकुद बिकास समितीका अध्यक्ष हिक्मत थापाको आरोप छ । तर स्थानीयले भने बडिमालिका नगरपालिका र खेलकुद विकास समितिको चरम लार्पवाहीले अहिलेसम्म काम हुन नसकेको वताएका छन् । दुबैले ठेकेदारलाई ताकेदा नर्गनु, अर्को उनीहरुले नै वेवास्ता भएकोले अलपत्र रहेको स्थानियको आरोप रहेको छ ।
वडिमालिका नगरपालिकाले संसद बिकास कोषको जिम्मा लिएको भए पनि नगरपालिका पनि बेखवर रहेको बताईएको छ । एक बर्ष अगाडीसम्म खेलकुदसंग कुनै सहकार्य नरहेको बताउदै आएको नगरपालिका पनि ब्यवास्था गरिरहेको खेलकुद बिकास समतिको आरोप छ । बडीमालिका नगरपालिका भित्रको संरचनामा नगरपालिकाले लगानी गर्नुपर्ने भए पनी सासंद बिकाश कोषको बजेटलाई कार्यन्वयन गर्न नसकेको नेकपा जिल्ला कमिटि सदस्य अम्मर खड्काले वताएका छन् ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले भने खेलकुद विकास समितिले निकालेको टेन्डरको कामको ढिलाइले काम नभएको बताए । पहिला खेलकुदको ठेकेदारको काम हो त्यसपछि नगरपालिकाको ठेकेदारको काम रहेको उनले वताए । असारसम्म काम नभए रकम फिर्ता हुने उनले वताए । बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा दुई वर्षदेखी अलपत्र परेको छ । विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेको  थिए । भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेको कर्भडहल अलपत्र रहेकोमा खेलाडीले दुख ब्यक्त गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकूद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ ।

चर्चामा

सम्बन्धित समाचार