• होमपेज
  • समाज
  • महिनाबारी हुँदा सदरमुकाम नजिककै बिद्यालयका शिक्षिका नै पढाउन जादैनन

महिनाबारी हुँदा सदरमुकाम नजिककै बिद्यालयका शिक्षिका नै पढाउन जादैनन

  • मङ्लबार, जेष्ठ २८, २०७६
महिनाबारी हुँदा सदरमुकाम नजिककै बिद्यालयका शिक्षिका नै पढाउन जादैनन

राजेन्द्र बिक
बाजुरा २८ जेठ
सदरमुकाम मार्तडी बाट आधा घण्टाको पैदल यात्रा मा रहेको जनप्रकाश आधारभुत बिद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला बिद्यालय नजाने गरेको पाइएकोे छ । बिद्यालय नजिकै रतुडिमाडु देवताको मन्दिर रहेकोले महिनावारी हुंदा देउता लाग्ने डरले शिक्षिकाहरु बिदालय नजाने गरेको पाइएको हो । देउता रिउसाउने डरले बिद्यालयमा आउदैनन् स्थानीय जय बहादुर ऐडीले बताए । ऐडीका अनुसार पुराना पुस्ताका बुढापाका ले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको बेला बेला बिरोध गरेपनी शिक्षिकाहरुले यो कुरालाइ नमानेको गुनासो गरेका छन् ।
बडिमालिका नगरपालिका वडा न. ८ रतुडा स्थित जनप्रकाश आधारभुत बिद्यालयको स्थापना २०५१ सालमा भएको थियो । स्थापनाकाल देखी अहिले सम्म यो प्रथा चलीआएकोले बिद्यार्थिहरु यसको प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक प्रकाश ऐडीले बताए । कहिलेकाही आफु तालिम , गोस्ठी ,बैठक लगायतका कार्यक्रममा गएकै बेला दुबैजना शिक्षिकाहरु कहिलेकाही एकै पटक महिनावारी हुंदा स्कुल ठप्प रहने गरेको प्रधानाध्यापक ऐडीले बताए । आफुले यो प्रथा गलत रहेको भन्दै महिनावारी भएको बेला शिक्षिकाहरुलाई बिद्यालयले बिदा नदिने निर्णय गरिसकेको भए पनि उनिहरुले नमान्ने गरेको बताए । एक पुरुष र दुई महिला शिक्षक रहेको यो बिद्यालयमा प्रारम्भिक बालबिकास केन्द्र देखी कक्षा ३ सम्म संचालित छ । हाल १८ जनाको संख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न् । मेडम किन स्कुल आउनु भएन भनेर सोद्धा छाउ(महिनाबारी) भएर आउनु भएन  कक्षा ३ मा अध्यानरत छात्र अर्जुन ऐडीले भने । आफुले पहिले देखिनै मानि आएको परम्परा एक्कासि छोड्न नसक्ने हुंदा महिनावारी भएको बेला पढाउन स्कुलकै छेउमा एक सामान्य छाप्रो लगाइदिए आफुहरु शिक्षण गराउन सक्ने शिक्षिका निरा बिस्टले बताईन । महिनावारी हुंदा कम्तिमा चार दिन सम्म स्कुलमा आउदैनौ उनले बताईन । अन्यथा आफु जागीर छोड्न सक्छु यो परम्परा तोड्न सक्दैनौँ हामिलाइ देउताको डर लाग्छ उनले थपिन ।
यस्तो कुसंस्कार लाइ छोड्न नसक्ने शिक्षिकाले बालबालिका हरुको भबिश्य लाइ कसरी उज्ज्वल बनाउन सक्छन चौतर्फी प्रश्न उठ्न थालेको छ । आफुलाइ यो बिषय मा जानकारी छैन बुझेर कुरा गर्छु उक्त वडा का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । पश्चिम् नेपालका धेरै दुरदराजका ठाउँमा अवस्थित बिद्यालयमा अन्धबिश्वास र अशिक्षाका कारण छाउपडी प्रथा कु प्रथाको रुपमा रहिआएको छ ।

चर्चामा

सम्बन्धित समाचार