• होमपेज
  • समाज
  • डोटीमा चटयाङ लागेर ७ महिला घाइते

डोटीमा चटयाङ लागेर ७ महिला घाइते

  • मङ्लबार, जेष्ठ २८, २०७६
डोटीमा चटयाङ लागेर ७ महिला घाइते

डोटी –  पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ चैकोटमा चटयाङ लागेर ७ जना महिला घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिनु भएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चटयाङ पर्दा त्यही गाउँपालिका वडा नम्बर–३, का २६ वर्षीया देवी बोहरा, ३५ वर्षीया पदमा धानुक, २३ वर्षीया भगु दमाई, १६ वर्षीया कल्पना दमाई, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमुना दमाई र २८ वर्षीया मिट्ठु दमाई घाइते भएका हुन् ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार