• होमपेज
  • धार्मिक
  • आजकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।

आजकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।

  • मङ्लबार, जेष्ठ २८, २०७६
आजकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । आमरूपमा शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ । उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा÷व्यवसायमा उन्नति मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा÷रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, भाग्यमा चन्द्रमा रहेकाले आफ्नै पाखुरी र बुद्धि खियाएर जुनसुकै काममा सफलता पाउनु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ ।

चर्चामा

सम्बन्धित समाचार