बडीमालिका समाचार
बाजुरा १९ जेठ
बडीमालिा नगरपालिका वडा न ३ मा रहेको चोयाकोट माद्यामिक बिद्यालयमा सकरात्मक साेच सम्बन्धि (मोटीभेशन) कक्षा संचालन गरिएको छ । एन आई सी बैक बाजुराको सहजकिरण तथा चोयाकोट माद्यामिक बिद्यालयको आयोजनामा कक्षा संचालन गरिएको हो ।
कक्षा नौ र दशका बिद्यार्थीलाई पढ्ने बानीको बिकास र बिद्यार्थीको दैनिक ब्यबाहारमा परिर्वतन गराउनने उदेश्यले सो कक्षाको संचालन गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले बताएका छन् । कार्यक्रमको सहजीकरण एन आई सी बैँक बाजुरा म्यानेजर नर परियारले गरेको चोयाकोट माद्यामिक बिद्यालयकी प्रधानाध्यापक दिमा सुब्बाले बताएकी छन । बिद्यार्थीहरुलाई सकरात्मक सोच, समाजिक जागरण शैक्षिक सुधार समाज परिर्वतन गर्न यो कार्यक्रम गरिएको प्रशिक्षक एन आई सी बैक बाजुराका म्यानेजर नर परियारले बताएका छन । घरमा सभ्यता, संस्कृति, मूल्य, मान्यता, बोलीचाली र आचरण नसिकेका बालबालिकालाई असल व्यक्ति बनाउन कठिन छ । पढाउनु भनेको बालबालिकालाई जीवनमा सफल हुने तालिम दिनु हो । गुणस्तरीय शिक्षा दिने, राम्रो, असल र सृृजनामुखी बनाउने अभिभावक र शिक्षक दुवैको जिम्मेवारी हो । परिवर्तित दुनियाँ हामीहरु कै परिश्रम, चिन्तन र सोचको प्रतिफल हो । राम्रो नतिजा प्राप्त गर्न आफूले सक्ने जति सहयोग आफ्नो ठाउँबाट गरी सभ्य, सचेत, प्रतिस्पर्धी, योग्य नागरिक बनाइ व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि योगदान दिन सो कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले बताएका छन् ।
आफू असल भई आफ्ना सन्तानका लागि नमूना बनेर मात्र सपना पूरा हुन्छ । शिक्षक, अभिभावकले जस्तो व्यवहार प्रर्दशन ग¥यो पछि उनीहरुले त्यस्तै व्यवहार गर्छन की भनेर समय मिलाएर बिद्यार्थीलाइ एक दिन सहजीकरण गरेको एनआईसी एसिया बैकंका म्यानेजर नर परियारले बताए ।
विद्यार्थीले पनि जीवनभर असल विद्यार्थी बन्ने अठोट लिउनु जीवनमा सफल र राष्ट्रमा बिक्ने दक्ष, असल व्यक्ति बन्नका लागि अहोरात्र उत्साह, इच्छा शक्ति, आत्मविश्वास र लगनशीलता भै लक्ष्य प्राप्तिमा लागिरहनु भन्ने उदेश्यले सो कार्यक्रम गरिएको चोयाकोट माद्यामिक बिद्यालयकी प्रअ दिमा सुब्बाले बताईन् । अनुशासन भन्ने कुरा वाह्य वातावरणले सृजना गर्नु क्षणिक हुन्छ जब सम्म विद्यार्थी स्वतः स्फुर्त रुपमा अन्तर हृदयबाट प्रेरित हुदैन तब सम्म अनुशासनको पाठ घोकाएर, जवरजस्ती लादेर अपेक्षाकृत नतिजा हात लगाउन सकिदैन । बालबालिकाले खराव र असल छुट्टाउन समय त लाग्छ नै यद्यपी त्यसका लागि हामी जिम्मेवार अभिभावक, शिक्षक र समाजले बारम्बार सही पथ प्रर्दशन गरिरहनु पर्दछ प्रअ सुब्वाको भनाई रहेको छ । ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुने हुँदा बिद्यार्थी केन्द्रीत कार्यक्रम गरेको उनले बताईन् ।