बडीमालिका समाचार
नेपाली काङ्ग्रेस बाजुराले जनजागरण कार्यक्रमलाई तिब्रता दिएको छ। हिमाल पहाड तराई मधेश नेपाली काङ्ग्रेस जनजागरण कार्यक्रम २०७५भन्ने मुल नाराका साथ काङ्ग्रेस जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरेको छ।यसअघि काङ्ग्रेसले सदरमुकाम मार्तडीमा बैशाग २५गते जनजागरण कार्यक्रमकाे सुरुवात गरेको थियोे भने अहिलेसम्म जिल्लाका बढिगगा नगरपालिकाे वडा न १ खप्तडछेडेदह गाउपालिकाकाे केन्द्र डाेगडिमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एबम जनजागरण कार्यक्रम बाजुरा प्रतिनिधि नरेश बहादुर सिहकाे उपस्थितिमा कार्यक्रम गरिसकेको छ।जनतालाई राष्ट्रियता लाेेकतन्त्र समाजबाद का बारेमा सुसूचित गर्नुका साथै बर्तमान सरकारले गरेका अलाेकतान्त्रिक कृयाकलाप जनतामाझ लिइ स्थानीय तह सम्म सगठन बलियो बनाउनका लागि काङ्ग्रेसले देशभर जनजागरण कार्यक्रम गरिरहेकाे र त्यसै अनुरुप बाजुरामा पनि जनजागरण कार्यक्रम गर्ने लागिएको नेपाली काङ्ग्रेस जनजागरण कार्यक्रम बाजुराका सयाेजक काङ्ग्रेस नेता महा नेपालीले बताए । जनजागरण कार्यक्रम अनुरुप काङ्ग्रेसले बाजुरा जिल्लाकाे निर्वाचन क्षेत्र प्रदेश ख मा पर्ने बुढिगगा नगरपालिका पर्ने साबिक ब्रहमताेला गाबिसमा जेठ ८ गते,साबिक कुल्देबमान्डाै गाबिसमा जेठ ११गते,सबिक बाह्रबीस गाबिसमा जेठ १३र १४गतेकाे कार्यक्रम तय भएको नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्यसमिति सयाेजक जयराज उपाध्यायले जानकारी दिएका छन् । त्यस्तै त्रिबेणि नगरकार्यसमतिले पनि साबिककाे ताेलि गाबिस मा जेठ१गते,साबिककाे छतारा गाबिसमा जेठ ५गते,साबिककाे कैलाशमान्डाै गाबिसमा जेठ १२गते जनजागरण कार्यक्रम गर्ने सम्पूर्ण तयारी भइसकेको नेपाली काङ्ग्रेस त्रिबेणि नगर कार्यसमितिका सचिव सुरेन्द्र गिरिले बताए । जनजागरण कार्यक्रममा नेपाली काङ्ग्रेस बाजुराका पार्टी सभापति कबिराज पण्डित ,नेपाली काङ्ग्रेस बाजुराका पुर्ब पार्टी सभापति तथा पुर्ब सभासद देवराज जाेशि,नेपाली काङ्ग्रेस महाअधिबेशन प्रतिनिधि पुर्ब भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरि,काङ्ग्रेस नेता नेपाली काङ्ग्रेस जनजागरण कार्यक्रम बाजुरा सयाेजक एबम पुर्ब सासद महा नेपाली काङ्ग्रेस बरिस्ठ नेता रामसिह रावल लगायत काङ्ग्रेसका महाअधिबेशन प्रतिनिधि भातृ सुबेच्छुक सस्थाका प्रमुख जिल्ला कार्यसमितिका पदाअधिकारि,स्थानीय निकायका प्रमुख ,गाउँ तथा नगरपालिकाका कार्यसमितिका नेता कार्यकर्ताकाे समेत उपस्थितिमा कार्यक्रम गरिने काङ्ग्रेसले बताएकाे छ।