शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • घरेलु मदिरा बनाउन दिुनुपर्ने माग राख्दै भोटे जनजातीको आकोर्स

घरेलु मदिरा बनाउन दिुनुपर्ने माग राख्दै भोटे जनजातीको आकोर्स

  • मङ्लबार, बैशाख ३१, २०७६
घरेलु मदिरा बनाउन दिुनुपर्ने माग राख्दै भोटे जनजातीको आकोर्स

बडीमालकिा समाचार
बाजुरा ३१ बैशाख
अबैध मदिरा बनाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय बाजुरा घेराउ गरेका छन् । अबैध रुपमा उत्पादन गर्न लागेको मदिरा प्रहरीले नष्ट गर्दै आएपछी भोटेजनजाती आन्दोलनमा आएका हुन् । भोटे जनजातीको यो अबैध मदिरा खाने धर्म रहिआएकोले. छुट दिनुपर्ने माग राख्दै आएका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने अबैध मदिरा उत्पादन गर्न कसैलाइ छुट नभएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले ७ महिनाको अवधिमा ठुलो मात्रामा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म १४ हजार ९ सय ८० लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराको चलाएको अवैध मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उदेश्यले चलाएको अभियान अन्तरगत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धवसिह भाटले बताएका छन् ।
७ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा ६ हजार लिटर, अस्थाइ प्रहरी पोष्ट जुड्डीले २ हजार ८ सय ८० लिटर, इलाका प्रहरी चौकी कोल्टीको सक्रियातमा ३ हजार ९ सय ३० इलाका प्रहरी चौकी खापर स्वामिकात्तिकले २ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
त्यस्तै प्रहरी चौकी कुन्नाले १ हजार १० लिटर, प्रहरी चौकी विच्छ्याले १ सय २० लिटर, अस्थाई प्रहरी चौकी धुलाचौरले ६ सय ८५ लिटर र जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोली गरि १४ हजार ९ सय ८० लिटर अवैध खरेलु मदिरा बरामद गरि नष्ट गरेको प्रहरी प्रमुख भाटले बताए । त्यस्तै गुणस्तर हिन ६ हजार २ सय ३४ क्वाटर समेत नष्ट गरिको बताएका छन ।
मदिराकै कारण दैनिकजसो श्रीमान श्रीमतिबीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाईमा बाधा पुग्ने र घरपरिवारसंगै समाजमा हुन समेत कम भएकोले यस अभियानले राहत भएको स्थानीयले बताएका छन् । जिल्लामा हुने अपराधको अध्ययन अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा पाइयो, त्यसपछि अवैध मदिरा उत्पादन र सेवन रोक्ने अभियान चलाइएको डिएसपी उद्धवसिंह भाटको भनाई छ ।
खाद्यान्नको अभाव भइरहने बाजुरामा खाद्यान्नको प्रयोग गरि अबैध मदिरा बनाउन थालिए पछि जिल्ला प्रहरी कार्यालय बाजुराले कडा निगरानी गर्दै आएको छ ।
आज सम्म नष्ट गरिएको अबैध मदिरा २१ लाख ९९ हजार बराबर मुल्यको नष्ट गरिएको बताएको छ । अबैध मदिरा बिक्री बितरण गर्दा करिव ३ लाख राजस्वमा समेत घाटा भएको छ ।

चर्चामा

सम्बन्धित समाचार