नाइटोः मानव जीवनमा महत्वपूर्ण हिस्सा राख्ने अंग । जीवनको शुरुवातमा आमाको पेटबाट बच्चासम्म खाना पुर्याउने नलीको प्रवेशद्वार र वयस्क भइसकेपछि कतिपय मानिसहरुका लागि त सौन्दर्यका प्रतिविम्बन पनि । तर त्यही महत्वपूर्ण अंग चाहिँ व्याक्टेरियाको घर पनि हो भन्ने कुरा शायद हामीमध्ये कतिपयलाई थाहा नहुन पनि सक्छ ।
वैज्ञानिकहरुका अनुसार, मानिसको नाइटो व्याक्टेरियाको घर पनि हो । त्यसबारेमा गरिएको एक अनुसन्धानमा संलग्न ६० जना स्वयंसेवीहरुको नाइटोमा २३६८ प्रजातिका व्याक्टेरियाहरु फेला पारेका थिए । तीमध्ये पनि १४५८ त नयाँ प्रजातिका व्याक्टेरिया थिए वैज्ञानिकहरुका अनुसार, हातका औठाका छापजस्तै हरेक मानिसको नाइटो पनि फरक फरक खालका हुने गर्छन् ।