बडीमालिका खवर
बाजुरा, २९ बैशाख
सदरमुकाम मार्तडीमा किशोर किशोरीका लागि रुपान्तरण तालिम सञ्चालन भइरहेको छ । आड्रा नेपालको आयोजना र युएनएफियको सहयोगमा १२ दिने तालिम सञ्चालन भएको आड्रा नेपाल बाजुराका प्रमुख रत्न कायस्ठले वताएका छन् ।
तालिममा त्रिबेणी नगरपालिका र स्वामिकार्तिक खापर गाँउपालिका १६ जनाको सहभागिता रहेको छ । सहभागि मध्ये एक पालिका बाट २ जना सामाजिक परिचालक र ६ जनालाई सहजकर्ताका रुपमा छनोट गर्ने भएका छन् । किशोर किशोरीलाई जिवनउयोगि सिप र गाँउको सर्वाङ्गणीय विकासमा टेवा पुयाउन तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ ।
तालिम पछि सहमागिले गाँउमा गएर स्वास्थ्य, महिनावारी, वालविवाह लगायत यौन शिक्षाका बारेमा समुदायलाई जानकारी तथा जनचेतना दिने रहेको छ । २ वटा स्थानिय तहमा चार चार वटा समुह छनोट गरि त्यहि समुहमा काम गर्ने र चेतना फैलाउने आड्रा नेपाल बाजुराका प्रमुख रत्न कायस्टले वताए । तालिमको सहजिकरण आड्रा नेपाल रत्न कायस्ठ, सहजकर्ता उमेश दाहल र बिन्जु वरालले गरीरहेका छन् । त्रिबेणी नगरपालिका र स्वामिकार्तिक खापर गाँउपालिका स्वास्थ्य चेतनामा अलि पछाडी रहेका छन् ।