सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एकिकृत सेवाहरुकाे असल अभ्यासकाे भम्रण

एकिकृत सेवाहरुकाे असल अभ्यासकाे भम्रण

  • आइतवार, बैशाख २९, २०७६
एकिकृत सेवाहरुकाे असल अभ्यासकाे भम्रण

बडिमालिका समचार
बाजुरा, २९ बैशाख
प्रारम्भिक बालिवकास कार्यक्रमहरुकाे गुणस्तर सुधारका लागि एकिकृत सेवाहरुकाे असल अभ्यासकाे अवलाेकन भम्रण गरिएकाे छ । सेतो गुराउँसको आयोजना, जिल्ला समन्वय समितिको समन्वयमा ९ वटा स्थानिय तहका जनप्रतिनिधि कर्मचारी र अन्य सरोकारवाला सहितको असल अभ्यासकाे अवलोकन भम्रण सम्पन्न गरिएको सेतो गुराँउस बाजुराकी प्रमुख देबु खातिले वताएकि छन् ।
बडिमालिका नगरपालिकाको नेपाल राष्ट्रिय प्रारम्भिक वालविकास केन्द्र र गौतम वालविकास केन्द्रको अवलोकन गरिएको छ । यि दुबै बालविकास केन्द्र जिल्लामा राम्रो रुपमा सञ्चालनका रुपमा लिने गरेका छन् । अन्य स्थानिय तहका प्रतिनिधिलाई अवलोकन गराएर आफ्नो क्षेत्रमा यस्तै वालविकास केन्द्रको स्थापना गर्नमा सहयोग पुगोस भन्ने उद्देश्यले यो अवलोकन गराईएको देबु खातिले वताएकि छन् । साथै शैक्षिक गुणस्तर सुधार सँगै वालवालिकालाई सहज रुपमा शिक्षाको पहुँच पुगोस भन्ने उद्देश्य रहेको वताईइएको छ ।
शैक्षिक अबलोकन सँगै वालमैत्रि स्वास्थ्य संस्था स्थापनामा सहयोग पुगोस भन्ने उद्देश्यले बुढिगंगा स्वास्थ्य चौकीको समेत अबलोकन गरिएको थियो । बुढिगंगा स्वास्थ्यमा वालमैत्रि स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । बडिमालिका नगरपालिकाले उक्क्त स्वास्थ्य चौकीलाई अहिले नमुनाका रुपमा लिएको छ । हाम्रो नगरपालिकामा भएका शैक्षिक सुधार र स्वास्थ्यमा भएका परिवर्तन अन्य स्थानिय तहले पनि सिकोस अर्को हामीलाई पनि सुझाब आउसो भन्ने उद्देश्यले स्थानिय तहका प्रमुख तथा प्रतिनिधिको भम्रण गरिएको बडिमालिका नगरपालिका प्रमुख पदम बढुवालले वताएका छन् ।
जगन्नाथ गाँउपालिका उपाअध्यक्ष एैना गिरीले भनिन्, वालविकास केन्द्रको अवलोकन गर्दा जिल्लामौ नमुना वालविकास केन्द्र रहेको वताईन्, साथै शैक्षिक गुणस्तर सेवामा पनि निकै सहयोग पुग्ने उनले वतााईन्, आफुहरु पनि आफ्नो स्थानिय तहमा गुणस्तर शिक्षामा प्रदान गर्नमा यो अवोलकनले ठुलो सहयोग पुग्ने वताईन् । जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकायाले भने नेपाल राष्ट्रिय प्रारम्भिक वालविकास केन्द्र र गौतम वालविकास केन्द्र जिल्लाको नमुना वालविकास केन्द्र रहेको वताए । त्यस्तै बुढिगंगा स्वास्थ्य चौकीले दिने सेवा सुबिधा पनि उत्कृष्ट रहेको वताएका छन् ।
अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया, हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल, जगन्नाथ गाँउपालिका उपाअध्यक्ष एैना गिरी, बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मि, बडिमालिका नगरपालिका प्रमुख पदम बढुवाल, उपप्रमुख कबिता बिष्ट, गौमुल गाँउपालिका उपाअध्यक्ष सिता थापा, बुढिगंगा नगरपालिका उपप्रमुख तारा खाति, त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनार, जिल्ला शिक्षा ईकाइ समन्वय प्रमुख गोपालदत्त जोशी, जिल्ला समन्वय अधिकारी तथा बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भटराई लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार