• होमपेज
  • शिक्षा
  • पढाईखर्च धान्न ज्याला मज्दुरी

पढाईखर्च धान्न ज्याला मज्दुरी

  • शुक्रबार, बैशाख २७, २०७६
पढाईखर्च धान्न ज्याला मज्दुरी

बिनिस्ता धामी
वैशाख २३ बाजुरा
बाजुराको गौमुल गाउँपालिका दुई बिजालिकी सुशिला कुमारी धामी पदमपुर नि.मा.वि कक्षा चार मा अध्ययनरत छन् । पढाई खर्च धान्न प्राय सनिवारको दिन स्थानीय हाटबजार घटमुना पुग्छिन् । हाटवाजारवाट २५÷३० किलो चामल बोकेर लैजान्छन् ।
चामल बोके वावत उनी ५०० रुपैंया ज्याला पाउँछन् । शनिवार विहानै घटमुना आउँछिन् बेलुका गजक्क भारि बोकेर घरफर्किन्छन् । सनिवार तथा अन्य विदाको दिन घरमा बसेर दिन विताउनुभन्दा थोरै पैंसा भए पनि आम्दानी हुन्छ भन्ने मान्यता त्यो कलिलो उमेरमा उनले जानिसकेकी छिन् ।
शुशिला एक्लै घटमुना आउँदिनन् ,बरु आफुसंगैकी चार पांच जनीको समुह बनाएर प्राय विदाको दिन घटमुना पुगेकी हुन्छन् । कहिले गाउँका साहुजी (ब्यापारी) ले गाउँमै ज्याला तोकेर भारिबोकेर लैजान्छन् त कहिले घटमुना आएर सामान ओसारपसार गरेवापत ज्यालादारीमा कामगर्छिन् ।
सधंै आमा बुबा सँग पैसा मागिरहनु भन्दा आफुले कमाएर आफनो लागि पढाई खर्च पनि हुने र साथीहरुसंग रमाइलो पनि हुन्छ भनेर घटमुना आएको उनी बताउँछिन् ।
सोही स्कुलमा अध्ययनरत छात्रा सुनिता कुमारी धामी पनि शनिवारको दिन विदा हुने हँुदा भारी बोक्न आएको भन्छिन । ।शनिवार खेलेर दिन बिताउनु भन्दा आफुलाई कापी ,कलम,खाजा खर्च कमाउन सकिन्छ भनेर साथीसंग भारिबोकन आएको वताउाछिन् । घरमा बसेर समय बिताउनु भन्दा विदाको दिन बाटोमा रमाईलो पनि हुन्छ पंैशापनि कमाई ति कलिला वालिकको बुझाई छ ।
उसो त पहिला बाबा आमा चामल,नुन लिन ४ ,५ दिन लगाए र साँफे, बेतालमाण्डु पुग्न हुन्थ्यो अहिले स्थानीय सरकार आएपछि धेरै विकास भएको छ । सडक घटमुना मा पुग्दा सजिलो भएको बिहान आएर बेलुका घरमा पुग्न सकिन्छ यायातयातमा पनि केही सजिलो भएको सुनिताले भनिन् ।
दैनिक ज्याला मज्दुरीगरी आएको रकमवाट आफुलाई मात्र हैन घर खर्च पनि चलाउँछिन् । पादमपुर निमाविका छात्रा त एक प्रतिनीधि पात्र मात्र हुन् । बाजुराका ग्रामीण क्षेत्रका विद्यायार्थी वालवालिकाहरु विद्यायालय समय वाहेक अन्य समयमा खेतगडा, वनपाखा र विदाको दिनमा ज्याला मज्दुरी गरेर आफु र आफुनो परिवारको सहारा वनेका छन् । घरखर्च धान्न विदामा काममा लगाएको बालवालिकाका अभिभावकले स्वीकारेका छन् ।
“ विद्या आर्जन गर्न विद्यालय समयमात्र प्रयाप्त छैन, विद्यार्थीका लागि पढ्ने वातावरण दिुनु पर्छ । तर, बाजुराका अधिकांश ग्रामीण क्षेत्रका वालवालिका घर्यासी काममै ब्यस्त देखिन्छन् ” रत्न माद्यामिक विद्यालयका शिक्षक हर्कवहादुर बुढाले भने ।
“ बालवालिका सुरुमा आर्थिक कमजोरीकै कारण ज्यालामज्दुरी गर्छन । हातमा र्पैशा भएपछि आनीवानी र कुलतमा फस्दै जाने, मोवायल किनेर आउटअफ ट्रयाकमा जाने , अनावस्यक समाजिक सञ्जालको प्रयोग तथा दुर्बेसनीमा पनि फस्ने गरेको पाइएको छ । ” शिक्षाक बुढाले भने । आर्थिक अभावका कारण विदाको समयमा असर नपर्ने गरी काम त गर्छन नै तर बालबच्चाको निग्रानी स्वयं अभिभावकले गर्नु पर्ने सुझाव शिक्षकको छ ।
बालश्रम निशेध र नियमन गर्ने ऐन २०५६ मा १४ वर्षमुनीका बालबालिका लाई काममा लगाउन नहुने ब्यबस्था छ । सोही ऐनको उपधारा (१)मा बालकालाई काममा लगाउनु पर्ने भए सम्बन्धित श्रमकार्यालय, वा अधिकारी ,वालकको बाबु आमा , वा संरक्षणको स्वीकृती लिनु पर्ने ब्यबस्था छ ।

चर्चामा

सम्बन्धित समाचार