शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • मुटु चर्किने घटना: ८ पढेको श्रीमानले श्रीमती डिग्री पढ्ने भइ भन्ने ईर्ष्याले हातका औला छिनायो !

मुटु चर्किने घटना: ८ पढेको श्रीमानले श्रीमती डिग्री पढ्ने भइ भन्ने ईर्ष्याले हातका औला छिनायो !

  • शुक्रबार, बैशाख २७, २०७६
मुटु चर्किने घटना: ८ पढेको श्रीमानले श्रीमती डिग्री पढ्ने भइ भन्ने ईर्ष्याले हातका औला छिनायो !

एजेन्सी । सुन्दापनि अचम्म लाग्छ । तर यो सत्य खबर हो । एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छिनाईदिए ।

उक्त घटना यति हदसम्मको विभत्स छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । उक्त दुष्कर्म गर्ने पति अहिले जेल जीवन भोगिरहेका छन् । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् । यही कारण जंगिएर उनले दाहिने आतका सबै औला नै काटिदिए । ३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औला छिनाएका हुन् । यति बर्बरतापूर्ण दुष्कर्म छ की उनले पत्नीको औला काट्नका लागि पत्नीको आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए । भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन् ।

त्यसपछि श्रीमान्ले आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए । एकैछिनमा बज्रपात भयो । राक्षस श्रीमान्ले ५ वटै औला छिनाईदिए । एक झड्का नै उनका लागि अन्धकारमय भयो । उनका ५ वटै औला काटिए । त्यति मात्र हैन की काटिएका औला उनले फोहोरको थुप्रोमा लुकाईदिए । ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् ।

तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अत्यन्तै भयावह आक्रमण, धोकापछिपनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो ।

उसले आफ्नी पत्नीलाई चेतावनी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भयानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै भयो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएपछि उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भन्यो । हात बाँधिदियो । मुखमा टेप लगाईदियो ।

उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । राक्षसले मेरा औला काटिदियो पिडित युवतीले बताईन् । घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ ।

मानवाधिकार समूहद्धारा आजीवन कारावासको माग
उ सारै क्रुद्ध थियो । सारै ईर्ष्या गर्दथ्यो । किनकी उन केवल ८ कक्षा पासको मात्र शिक्षा लिएको थियो । श्रीमतीले उच्च शिक्षा लिएको हेर्न चाहादैन थियो । उस्तो भयावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ ।

झनै संघर्षशील
सुश्री अख्टरले अहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला काटिएपछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन् । उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन् ।

उनले पढाई फेरी सूरु गरेकी छिन् । जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन्ु । अहिले उनी आफ्ना माता–पिताका घरमा फिर्ता गएकी छिन् ।

त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्यहाँको समुदायले यो आक्रमण मुस्लिम–बहुसंख्यक समुदायका शिक्षित महिलामाथी निशाना बनाउने वाला दष्कर्मको एक श्रृंखला भएको दावी गरिएको छ । डेलिमेलबाट

चर्चामा

सम्बन्धित समाचार