• होमपेज
  • देश
  • जिल्ला इन्चार्ज सहित बिप्लवका १० जना कार्यक्रता प्रक्राउ

जिल्ला इन्चार्ज सहित बिप्लवका १० जना कार्यक्रता प्रक्राउ

  • मङ्लबार, बैशाख १७, २०७६
जिल्ला इन्चार्ज सहित बिप्लवका १० जना कार्यक्रता प्रक्राउ

बडिमालिका समचार
बैशाख, १७ बाजुरा
जिल्ला प्रहरी कार्यलय बाजुराले बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० जनालाई प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा बाट खटिगएको प्रहरी टोलीलले बुढिगंगा नगरपालिकाका १ अम्कोटबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् ।
प्रक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटि सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका छन् । त्यस्तै बिद्यार्थी कमिटिका गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई मंगलवार बिहान ५ बजे प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृवमा गएको टोलीले प्रक्राउ गरेको हो ।
प्रहरीले प्रक्राउ सँगै उनिहरु बाट डेटोनेटर २ वटा, हेन्डग्रिनेट २ वटा त्यस्तै २ पाकेट गन पाउडर बरामत गरेको छ । त्यस्तै लाखै रकम चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरी प्रमुख उद्धब भाटले वताएका छन् । प्रहरीले उनिहरु गाँउमा गएर चन्दा संकलन गरिरहेको साथै बिप्लब समुहका बिभिन्न गतिबिधि गर्दै आएको आधारमा उनिहरुको खोजी कार्य गरि प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रक्राउ परेका बिप्लव समुहका कार्यक्रतालाई मुद्धा चलाउने जनाएको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धि कसुर ऐन लगाईने प्रहरी जनाएको छ । त्यस्तै दफा ५० अनुसार राज्य द्रोह मुद्धा चलाउने प्रहरी प्रमुख भाटले वताए ।

चर्चामा

सम्बन्धित समाचार