पाल्पा । पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । लु१ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले जानकारी दिए ।
निस्दी गाउँपालिका ७ हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थलमा रहेको र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।