शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • विमानस्थलबाट डेढ किलो सुनसहित दुई पक्राउ

विमानस्थलबाट डेढ किलो सुनसहित दुई पक्राउ

  • आइतवार, बैशाख ८, २०७६
विमानस्थलबाट डेढ किलो सुनसहित दुई पक्राउ

काठमाडौं : अवैध तरिकाले नेपाल सुन भित्र्याउने  भियतनाम र कम्बोडियाका दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले लगेज चेक गर्ने क्रममा उनीहरुको साथबाट एक किलो ६ सय ३ ग्राम सुन बरामद गरेको हो।

पक्राउ पर्नेमा भियतनामी नागरिक भो थि मुओई र कम्बोडियाली नागरिक दिभी युवाई छन्। मुआईको साथबाट सात सय ८४ ग्राम र युवाईको साथबाट नौ सय ३५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ।

नेपाली मूल्य अनुसार बरामद सुनको मूल्य ८५ लाख २७ हजार सात सय ६१ रुपैंया पर्छ।

अन्नपुर्ण पाेष्ट बाट साभार

चर्चामा

सम्बन्धित समाचार