
धनगढी, २ चैत
सञ्चार र प्रविधीले फड्को मारिरहेका बेला सुदूरपश्चिमका मौलिक कला संस्कृति ओझेलमा पर्ने खतरा पनि बढ्दै गएको छ। पुस्तान्तरणमा देखिएको समस्याले मौलिक कला संस्कृति लोभ हुने खतरा बढ्दै गएको हो। सुदूरपश्चिमम प्रदेश सरकार र स्थनाीय सरकारले अनुउत्पादक क्षेत्रमा लगानी बढाएपनि मौलिकता संरक्षण गर्न तर्फ खासै ध्यान दिन सकेका छैनन्।
पश्चिमा संस्कृतिले स्थान पाउँदा मौलिक संस्कृति सम्बद्र्धनमा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ पुस्तान्तरणमा देखिएको समस्याले मौलिक कला, संस्कृती तथा रितिरिवाज लोप हुने खतरा पनि बढ्दै गएका बेला मौलिकता संरक्षण सम्बद्र्धनका लागी नीजि र सरकारी स्तरबाट खासै पहल नभएको गुनासो गरिएको छ।
स्थानीय र प्रदेश सरकारले सीप मुलक तालिमका नाममा वर्षेनी कराडौँ बजेट सकिरहेका बेला केही ठाउँमा भने मौलिकता जोगाउदै पुस्तान्तरण गर्नुपर्छ भन्ने सकारात्मक पहल हुन थालेका छन्। डोटीको केआईसिह गाउँपालिकाले केही दिन पहिले मात्र हुड्के नाच र पञ्चेबाजा संरक्षण गर्दै व्यवसायीकता दिने उद्देश्यले स्थानीय युवाहरुलाई १५ दिने तालिम प्रदान गरेको छ।
तालिम सञ्चालन भएको वडा नम्बर ५ का अध्यक्ष रामचन्द्र राणाले पछिल्लो समय युवाहरुमा परम्परागत सीप सिक्ने रुची कम हुदै गएको कुरालाई मध्यनगर गरी तालिमा सञ्चालन गरिएको बताए। उनले हुड्के नाच र पञ्चेबाजातर्फ युवाहरुको आकर्षण कम देखेपछि पुस्तान्तरण र व्यवसायीकता प्रदान गर्ने उद्देश्यले तालिम दिईएको जानकारी दिए। तालिमपछि स्थानीय युवाहरुमा समेत उत्साह थपिएको छ भने हुड्के नाच र पञ्चेबाजाको संरक्षण गर्दै व्यवसायीकता दिने मनसाय युवाहरुमा पलाएको छ।
गाउँपालिकाले सञ्चालन गरेको १५ दिने तालिममा सहभागी भएका मष्टा खडायत पञ्चेवाजा समूहका संयोजक प्रकाश नेपालीले तालिम पाएपछि पञ्चेबाजा बजाउन र हुड्के नाच देखाउन लजाउने बानी युवाहरुमा हटेको बताए। गाउँपालिकाले डोटी जिल्लाका मौलिक संस्कृति संरक्षण गर्न र परम्परागत वस्तुहरुको संरक्षण गर्नका लागि संग्राहलय स्थापनाको अवधारणालाई समेत अघी बढाउने जनाएको छ।
संग्राहलयमा राखिने मौलिक र परम्परागत वस्तुहरुले जिल्लाको मौलिक पहिचान जोगाउने विश्वास गरिएको छ। केआईसिह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जिल्लाका मौलिक कला संस्कृति र परम्परागत वस्तु, पोशाक लगायतको संरक्षण गर्न संग्राहालय स्थापना गरिने जानकारी दिए। पश्चिमा संस्कृतिको बढ्दो प्रयोगकै कारण मौलिकता हराउदै गएकोमा चिन्ता समेत व्यक्त हुन थालेका छन्।
तर केही अपवाद बाहेक नीजि र सरकारी क्षेत्रबाट मौलिक संस्कृतीको संरक्षण सम्बद्र्धनमा चासो नै नदिएको पाईन्छ भने लक्षित वर्गलाई केन्द्रीत गरेर ल्याईएका कार्यक्रमहरु समेत स्थानीय तहमा कार्यकर्ता मुखी हुन थालेपछि समस्या बढेको छ। तर अब मौलिकता जोगाउन सोच्नुपर्ने बेला आएको कैलाली जनपुस्तकालयका अध्यक्ष प्राध्यापक डाक्टर टिएन जोशीका भनाई छ।
उनले सके सम्म पाठ्य बनाएर मौलिक संस्कृति संरक्षण र सम्बद्र्धन गर्दै पुस्तान्तरण गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिए। छलिया नाच, चौलो नाँच, फाग मागल, हुड्क्यौली, डेउडा खेल, भुवा पर्व, राना थारुका विभिन्न सस्कृतीलाई सुदूरपश्चिमका मौलिक पर्वका रुपमा लिइन्छ। यी मौलिकतालाई जोगाउन एउटा जिल्लाले एउटा मौलिकता जागाउने अभियान चलाउन सके मात्रै महत्वपूर्ण योगदान पुग्ने कतिपयको भनाई रहेको छ।
साभार दिनेश खबर बाट
