शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

  • शुक्रबार, चैत्र २९, २०७५
प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमाडौँ २९ चैत्र– नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो ।   यो गतबर्षभन्दा सात हजारले बढी हो ।

महालेखाले शुक्रबार २०७५ / ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ ।

त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

रातोपाटीबाट

चर्चामा

सम्बन्धित समाचार