
दक्षिण कोरिया, कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट अस्पतालको लागि “स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान” दक्षिण कोरियाले करीव ने.रु. ४० लाख भन्दा बढी सहयोग रकम संकलन गरेको छ।
न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको संयोजकमा निर्माण भइरहेको अस्पतालको लागि कोरियावाट संकलित रकम नेपाल पठाउने तयारी गरिरहेको अभियानकर्ताहरुले जानकारी दिएका छन्।
गत आइतबार राजधानी सउलमा गरिएको एक कार्यक्रममा सहयोगी सम्पूर्णलाई धन्यवाद दिदै अभियानमा संकलित रकमबारे अभियन्ता कृष्ण पुरिले पत्रकार सम्मेलन मार्फत आर्थिक हिसावको पारदर्शितावारे प्रष्ट पारेका थिए।
अभियान तीन महिना सञ्चालन गरिएको थियो। कोरियाकै ऐतिहासिक अभियानको रूपमा रहेको करिब १०,०० जना सहयोगदाताहरुको एक्यवद्धता रहेको यस अभियान गत आइतवार (अप्रिल ७) बाट अभियान बन्द (समापन) भएको घोषणा गर्दै अभियानका संयोजक यम श्रेष्ठले अभियानमा
प्रत्यक्ष अप्रत्यक्ष सहयोग र साथ दिनुहुने सम्पुर्ण सहयोगदाता, व्यवसायी, बिद्यार्थी, संचारकर्मि , अभियानमा सहकार्य गर्नु हुने संघ संस्था तथा अभियानमा साथ दिनु हुने टिमका सम्पुर्ण अभियानकर्ता सहकर्मिहरु प्रति उच्च कदर गर्दै खुलेर आभार तथा धन्यवाद ब्यक्त गरेका छन्।
“नेपाल योङ स्टार फाउन्डेसन”को अक्षय कोषमा जम्मा रहेको ९३३,६३२/- रुपैयाँ पनि उक्त रास्कोट हस्पिटल निर्माणमा नै सहयोग गरि यस संस्था “रबि लामिछाने फाउन्डेसन” संग मर्ज गर्न लागिएको जानकारी पनि संयोजक श्रेष्ठले दिनु भयो।
रास्कोट अस्पतालले अप्रिल ७ कै दिनबाट सानै स्वरुपमा भए पनि नयाँ हस्पिटल भवन निर्माण सम्पन्न नभए सम्मका लागि आयुर्वेदिक भवन लिजमा लिएर राष्कोट सामुदायिक हस्पिटलको शुभारम्भ गरेको छ।
यसका साथै उक्त कार्यक्रममा Sta Remit का बजार प्रतिनिधि अशोक मैनाली, The pay का बजार प्रबन्धक किम दोङ मीन,फेन्तेक माइग्रेन्त सेन्टर (नेपाली समिती) अध्यक्ष लक्ष्मण पौडेल, सुर्खेत समाजका अध्यक्ष तुलस गुरुङ तथा अभियन्ता लक्ष्मी नारायण बस्नेत ) , ख्यङ्जु नेपाली परिवारका (अभियन्ता अरुण कुमार श्रेष्ठ तथा नारायण गौतमका तर्फबाट संकलित सहयोग रकम अभियानका संयोजक श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।
