प्रकाश सिंह / लक्ष्मीराज पाध्याय
बाजुरा २७ चैत : साविकको बिच्छँया गाबिस तथा हिमाली गाँउ पालिकाको १, २ र ३ गाँउ बाजुराको सबै भन्दा विकट र दुर्गम गाँउ हो । बिच्छँया गाबिस सदरमुकाम मार्तडी बाट नजिकको गाँउ पुग्न तिन दिन लाग्ने गरेको छ, भने टाढाको गाँउ पुग्न पाँच दिन लाग्छ । अन्तिम सिमाना पुग्न त दश दिन भन्दा बढि लाग्ने गर्छ । भौगोलिक हिसाबले पुरै बाजुराको ३५ प्रतिशत भुगाभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार २७ सय २३ जनसंख्या रहेको छ । पुरुष १४ सय २३ र महिला १३ सय रहेका छन् । अन्य गाबिसमा महिलाको संख्या बढि छ, बिच्छँयामा भने पुरुष बढि रहेका छन् । भौगोलिक बिकटताले होला यो गाबिसमा विकास निर्माणका काम निकै कम र शुन्य जस्तै रहेका छन् । गाबिस भरीमा एउटा मात्र माबि छ । उच्च माध्यामिक शिक्षा अध्ययन गर्नका लागि बाहिर जानु पर्ने बाध्यता रहेको छ । बिच्छँया गाँविसमा खच्चर सेवा समेत सञ्चालनमा छैन् । गोरेटो बाटो नभएका कारण खच्चर समेत चल्दैनन्, स्थानिय बृख बहादुर भण्डारीले वताए । भरिया र भेडा मार्फत सामान बोक्ने गरेका छन् । गाँउमा नुन प्रतिकेजी ६० देखी १ सय सम्म र चामल प्रतिकेजी १ सय २० भन्दा माथि हालेर किन्ने गरेका छन् । हिउँदमा औल तिर बाट खाद्यन्न बोक्छन्, बर्षातमा चिन बाट कालो ढिक्के नुन ल्याएर खाने गर्छन् ।
विकासमा उपेक्षा
बिच्छँयाको सिउडेनी खोलामा जिल्ला विकास समिति अन्र्तगत दुर्गम क्षेत्र विकासको योजनामा १५ लाख ९ हजार ७ सयको पुल निर्माण भयो । पुल स्टमेट अनुसार दिगो निर्माण विनानै जिल्ला विकास समितिले भुक्तानि दियो । २०७१ सालमा पुलनै भाषियो । पुल बाट स्थानियका २ वटा भैसी २ वटा गाई लडेर मरेका थिए । यो बिच्छँया पुग्ने मुल बाटोको पुल हो । पुलनै कोल्टो परेपछी पुलवाट आवतजावत पुर्ण रुपमा बन्द रहयो । अहिले नदि तरेर जान्छन्, बर्षातका केही दिन सम्म आवतजावत बन्द हुने गरेको अम्मलाल बुडथापाले वताए । पुल लक्ष्मिराप्ति निर्माण सेवाले निर्माण गरेको हो । तर पुल दिगो निर्माण नहुँदा एकदुई बर्षमै कोल्टे फर्कीदा सम्म राज्यले ध्यान समेत दिएनन् । खोलामा अहिले पुल नहुँदा दैनिक रुम्दी, सिउडेनी बाट बिच्छँया माबिमा जाने बिद्यार्थीलाई निकै समस्या भएको छ । पटक पटक पुल निर्माणका लागि पहल गरेको भएपनि कसैले वास्ता नगरेको स्थानियको आरोप छ ।
बिच्छँयाको देवसैनमा बस्ने पर्वधन बुढा अहिले २२ बर्षका भए । उनलाई थाहा भएदेखि गाँउको बिच बाट भएर बग्ने देबसैन नदिमा बनेको पुल जस्ताको त्यस्तै अबस्थाको छ । बिच्छँया साविकको कार्यलय भएको ठाँउमा त्यहि देवसैनमा पर्छ, गाबिसमा रहेको माबि एक मात्र त्यहि ठाँउमा छ । जिल्ला वाट गएका सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख पनि त्यहि ठाँउमा जान्छन् । पुल देख्छन्, बनाईदिन्छु भन्छन्, तर कसैको ध्यान नगएको पर्वधन बुढाले वताए । अर्को टाढा भएकाले जिल्लाका प्रमुख अहिले सम्म त्यो गाँउमा पुग्न सकेका छैनन् । काठका फल्याक स्थानिय तिन चार बर्षका बदल्ने गरेका छन् । बिचमा ढुङ्गा राखेर जोखिम रुपमा पुल तर्ने गरेका छन् । पुल २०४६ सालमा निर्माण भएको थियो । बिच्छँया गाबिसमा भरीका नदिमा प्राय काठेपुल रहेका छन् । केही ठाँउमा त काठेपुल समेत नभएर नदि तर्ने गरेका छन् ।
साविकको गाबिस भरीमा एउटा मात्र माबि छ, त्यो माबिमा पनि आबश्यक अनुसार भौतिक पुर्वाधार नभएर बिद्यार्थीले खुला आकाश मुनि अध्ययन गर्न बाध्य भएका छन् । कक्षा १ देखी १० सम्म बिद्यार्थी २ सय २९ जना छन्, भवन अभाब र अप्रयाप्त भएका कारण पठन पाठनमा समस्या आएको स्थानिय पुने थापाले वताएका छन् । पानि आएको दिनमा केही कक्षा त पढाई नभएर बिदा गरेर घर पठाउने गरेका छन्, भने केहीलाई पाल टागेर पठाउने गरेका छन् । त्यो ब्यथा बिच्छँया माबि मात्र नभएर बिच्छँया भरीमा रहेका बिद्यालयमा भौतिक पुर्वाधार अभाब र जनशक्क्तिको अभाब रहेको जिल्ला शिक्षा कार्यलय बाजुराका बिद्यालय निरिक्षक उमेश रेग्मिले वताएका छन् । गाँउमा आवत जावत गर्ने वाटोहरु देखी अन्य विकास निर्माणका काम समेत शुन्य जस्तै छ । बिच्छँयामा अनुगमनमा जाने टोलि पनि रुगिनको कवाडी बाट फर्कने गरेका छन् । बिच्छँयामा अहिले सम्म पनि कुनै प्रमुख जिल्ला अधिकार र स्थानिय विकास अधिकारी नगएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । सड्क पहुँच त धेरै टाढाको बिषय हो, खच्चर समेत चल्ने वाटो अहिले सम्म निर्माण समेत भएको छैन् । गाबिसमा बिद्युक्त सेवा सम्म छैन्, बिद्युत बाल्ने कुनै सुरसार समेत छैन् ।
स्वास्थ्य सेवा लिन समस्या
साबिकको बिच्छँया गाबिसको स्वास्थ्य चौकी देवलशैनमा छ । स्वास्थ्य चौकीमा सामान्य सेवा लिनका लागि पनि दुई दिन सम्म लाग्ने गरेको छ । गुम्वा गाँउ बाट एक दिन आउन एकदिन जान र एक दिन उपचार गरेर तिन दिन खर्च हुने गरेको छ । कोटगाँउ, कोटिगाँउ, बौडी र बामु गाँउका लागि स्वास्थ्य चौकी पुग्न मात्र ६ घण्टा भन्दा बढि सयम सम्म लाग्ने गरेको छ । युना, बामु र टिन गाँउकालाई तिन देखी चार घण्टा लाग्ने गरेको छ ।
सिटामोल लिनका लागि त बास बस्नु पर्ने हुन्छ, धेरै टाढा भएकाले स्वास्थ्य चौकीमा उपचार गर्न जानु भन्दा जडिबुटिको भर पर्ने गरेको कोटि गाँउका स्थानिय भक्त रोकायाले वताए । स्वास्थ्य चौकी धेरै टाढा नियमित गर्भ जाँच, देखी सुत्केरी सेवा लिनका लागि कोही नजाने गरेको उनले वताए । धेरै टाढा कतै भिर बाट हिर्डनु पर्छ, कतै भने नदि तर्नु पर्ने हुन्छ, धेरै समस्या भएपछि बोकेर कोल्टि लग्ने गरेको गुम्वाका स्थानिय जगत बहादुर लामाले वताए ।
यि गाँउमा परिवार नियोजनका साधन समेत जानकारी छ, न कुनै साधनको प्रयोग गर्ने गरेका छन् । गाबिस भरीमा पाँच जनाले मात्र स्थायि बन्धाकरण गरेका छन्, कोहीगर्न पनि मान्दैनन्, स्वाथ्यकर्मीले वताए । बिच्छँया स्वास्थ्य चौकीका ईन्चार्ज कमल आचार्यले भने गाउ निकै टाढा भएकाले स्वास्थ्य सेवा दिन नसकेको वताएका छन् । गुम्वा र बामुका स्थानिय बर्षातको तिन महिना त त्यो गाँउ सम्पर्क बिहिन हुन्छ, त्यो बेला ति गाँउमा के भयो जानकारी समेत नहुने वताए ।
जोखिम यात्रा
बाजुराको सर्वाधिक बिकट गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको छ । गुम्वा बाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ति नदिमा पुल समेत छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका छन् । बर्षातमा बाढि बगाउने भएकाले त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद हुने गरेको छ ।
कहि कवाडी नदिको किनारा किनार र कही भिर बाटो हिडनु पर्ने भएकाले हिउँदको समयमा पनि आवतजावत गर्नमा निकै समस्या भोग्दै आएका छन् । फुलीगुम्वा नजिकै भिरमा त काठ राखेर भिरमा वारपार गर्ने गरेका छन् । त्यहाँ बाट खस्यो भने कवाडी नदिमा खस्ने जोखिम हुन्छ, ज्यानै जाखिम मोलेर औल बाट खाद्यन्न सामार्गी अन्य मालासमान बोक्ने गरेको जगत लामाले वताए । साथै बिच बिचमा घरघोर जंगल भएकाले भालुले आक्रमण गर्ने खतराले पनि आवतजात गर्नमा निकै समस्या हुने गरेको उनले वताए ।
गुम्वा जाने बाटो समेत न सरकारले काटेको छ न पुल बनाईदिएको छ । सरकार बाट त केही अपेक्षा गर्न सकेका छैनौ, सरकार भएको अनुभुति पनि नभएको स्थानियले वताएका छन् । आफुहरुको जिल्लामा पहुँच नभएको र आफुहरुका कुरा कसैले पनि सुनि नदिएको स्थानियले वताएका छन् । सोही गाँउका वडा सचिब गौरी कान्त सञ्जाले भने आफु पनि गुम्वा निकै बिकट भएकाले अहिले सम्म नगएको स्वीकार गरेका छन् । धेरै टाढा र समस्या छ भनेर सुनेको मात्र छु, त्यहाँ भने आफु नपुगेको वताएका छन् ।