• होमपेज
  • समाज
  • ५० लाख ठगी गरेको आरोप लागेकी कलाकार प्रज्ञा जोशी हनुमानढोका जेलमा

५० लाख ठगी गरेको आरोप लागेकी कलाकार प्रज्ञा जोशी हनुमानढोका जेलमा

  • बिहिबार, चैत्र २८, २०७५
५० लाख ठगी गरेको आरोप लागेकी कलाकार प्रज्ञा जोशी हनुमानढोका जेलमा

काठमान्डौ । कलाकार तथा निमात्री प्रज्ञा जोशी ५० लाख ठगी गरेको आरोपमा हुनुमान ढोकामा थुनामा राखिएको छ । केहि दिन अघि इटहरीबाट पक्राउ गरी काठमाण्डौ लगिएको जोशीलाई थुनामा राखेर कार्वार्ही अगाडी बढाईएको अपराध अनुसन्धान महाशाखा काठमाण्डौले जनाएको छ ।

सर्वसाधरणबाट लाखै रुपैयाँ ठगी गरी इटहरीमा बस्दै आएकी जोशीलाई वाउन्स चेक ठगीमा मुद्धा दायर भएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका डिएसपी दुर्गा दाहालले बताए । दाहालले भने जोशीलाई मुद्धा दायर गरी अनुसन्धान गरीरहेका छौ ।

पछिल्लो केहि बर्ष यता विभिन्न वाहानामा सर्वसाधरणलाई ठग्दै आएकी जोशीलाई इटहरीबाट पक्राउ गरीएको थियो ।सुबर्ण कुमारी श्रेष्ठले आफुलाई जग्गा दिलाईदिने भन्दै ५० लाख महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशी लाई पक्राउ गरेको हो । विभिन्न टेलि सिरियल सहित फिल्म खेलेकी जोशी केहि बर्ष यता बदनाम बन्दै छिन ।

चर्चामा

सम्बन्धित समाचार